अछाममा जिप दुर्घटना ३ जनाको मृत्यु, १६ घाईते

असोज २५,अछाम। जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको जीप दुर्घटनामा गाडी चालक सहित १५ जना बढी घाईते भएका छन ।

मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ बर्षिय जीवन न्यौपाने, सोही वडाका १८ बर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ बर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यस्तै सोही वडाका १७ बर्षिया हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको सजल्ला अस्पताल अछामले जनाएको छ ।घाईते १५ जना मध्ये १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ ।

जिल्ला अस्पताल अछामका अनुसार अस्पताल ल्याईएका १३ जना घाईते मध्ये १ जनाको उपचारका क्रममा निधन भएको छ भने बाँकीको उपचार भईरहेको छ ।

उपचार भईरहेका मध्ये हार्डीजोर्नी सम्बन्धी सल्लाह तथा उपचारका लागि १ जनालाई बयालपाटा असपताल रेफर गरिएको छ भने थप १ जनालाई पनि रेफर गर्ने तयारी भईरहेको जिल्ला अस्पताल अछामका डाक्टर प्रेम प्रसाद ढुंगानाले बताए ।

घाईते मध्य वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहिलाई नेपालगन्ज लगिएको हो । से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

घाईतेको विस्तृत विवरण

जीप दुर्घटनामा घाईते हुनेमा जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ बर्षिय कृष्ण देवकोटा, १५ बर्षिय भरत ढकाल, भवानी ढकाल, १४ बर्षिय जीवन धामी, १६ बर्षका जगत बिक, १६ बर्षकै हिक्मत आउजी, १७ बर्षका प्रेम नेपाली, १८ बर्षका सन्तोष ढकाल, १९ बर्षका दिपेन्द्र धामी रहेका छन् ।

यस्तै घाइते हुनेहरुमा वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ बर्षिय तपेन्द्र भण्डारी, १८ बर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५का मेघराज भाट् रहेका छन्।उनिहरु मध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचार पछि घर फर्किएका छन्।