शिक्षाको पहुचमा छैनन् ‘अपाङ्ग बालवालिका’

‘पढ्ने इच्छा अधिक छ । तर,स्तरयुक्त शिक्षा नहुँदा स्कुल जान सकेका छैनन्।’
ललित विष्ट
फागुन २७,कालिकोट ।
शुभकालीका गाउँपालिका—५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपाङ्गता छिन्। शारिरीक अपाङ्गता भएकी छोरीको पढ्ने इच्छा अधिक छ । तर,उनी स्तरयुक्त शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्। ‘छोरी हिड्डुलगर्न सक्दिनन्। उनलाई पढ्ने इच्छा धेरै छ। नजिक उपयुक्त विद्यालय नहुँदा पढ्न गएकी छैनन्,’ आमा घर्तीले भनिन्,‘साथीहरुले पढेको देख्दा पढ्न खोज्छे । विद्यालय नजिक छैन ।’ उनलाई केही समय पहिला घरमै पढ्ने ब्यवास्था समेत थियो । तर,अहिले किर्डाक नेपालको कार्यक्रम सकिएपछि विद्यालय लैजान नसकेको उनले बताइन्। यसरी नै कालिकोटका सबै स्थानीय तहमा अधिकांश अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर नै छन्।

कानून र नीतिमा अपाङ्गता भएका बालबालिकालाई अलग्गै कक्षा कोठामा छुट्याएर राख्नुपर्ने व्यवस्था छ । तर,दुर्गमका विद्यालयहरु अपाङ्गता मैत्री छैनन्। विद्यालयहरुले समावेशी शिक्षा दिनसक्ने गरी शिक्षकको व्यवस्था नहुँदा,स्थानीय सरकारले अपाङ्गता भएकाहरुको हकमा घरमै पढाउने, अपाङ्गमैत्री विद्यालय बनाउने जस्ता कार्यगर्न नसक्दा धेरै बालबालिका विद्यालय बाहिर रहेको शुभकालीका गाउँपालिकाका शिक्षा शाखा प्रमुख नमराज आचार्याले बताए ।

सानै उमेरमा शारीरीक अपाङ्गता भएका तिलागुफा नगरपालिका —८ का शंकर न्यौपानेलाई पनी शिक्षा दिक्षालिन धेरै असहज छ । उनलाई पनी घरमै शिक्षा दिदै आएको थियो । उनमा शिक्षा हासिल गनुपर्छ भन्ने इच्छा छ । अहिले घरमै खस्नुपर्ने भएको उनले बताए । शारीरीक अपाङ्गता भएका शुभकालीकामा ४ जना छन्, भने सामान्य अपाङ्गता भएका अन्य धेरै छन्। तिलागुफा नगरपालिकामा ३ जना बालबालिका रहेका छन्।

पहिला किर्डाक नेपालले होम स्कुलको व्यवास्थापन गरेर पढाउने र लेखाउने गरेपछि धेरै राम्रो हुने गरेको तिलागुफाका स्थानीय धनबहादुर बुढाले बताए । उनले भने ‘पहीला बालबालिकालाई धेरै सहज भएको थियो । अहिले समस्या थपिएको छ । उनीहरुको अवस्था दयनी रहेको छ ।’ उनका अनुसार ती बालबालीकालाई पढाउदै आएको किर्डाक नेपालको कार्यक्रम सकीएपछि स्थानीय तहले घरमै अध्यानगर्न चासो नदिदा समस्या थपिएको छ ।

प्रया जसो अपाङ्गता भएकाहरुलाई फरक नजरले हेर्ने गरेको कारण पनी आफुहरुलाई विद्यालयमा गएर पढ्न समस्या थपिएको शुभकालीकाकी राधिका घर्तीले बताइन्। उनले भनिन् पढ्ने लेख्ने मन हो,विद्यालयमा गएपछि धेरैले फरक दृष्टीले हेर्ने गछन्, आफलाई धेरै मानशिक तनाव हुन्छ ।’

अपाङ्गता भएका बालबालिकाको सिकाइ विधि नै फरक हुन्छ । नेत्रहिन,बहिरा व्यक्ति, सुस्त श्रवण भएका, बोलाइ सम्बन्धि अपाङ्गता भएका व्यक्तिको सिकाइ फरक हुन्छ, स्थानीय केशवराज देवकोटाले बताए । उनले भने यस्तो सिकाइको व्यवस्था विद्यालयमा नहुँदा बालबालिका बाहिर बस्न बाध्य छन्। अपाङ्गता भएका बालबालिकाको हकमा स्थानीय तहले चासो लिनुपर्ने जानकारहरुले बताउने गरेका छन् ।

राष्ट्रिय शिक्षा नीति २०७६ मा सबै प्रकारको अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँचको सुनिश्चिता गरी शिक्षाको माध्यमबाट मर्यादित जीवन यापन गर्न समक्ष र प्रतिस्पर्धी नागरिक तयार गर्ने विषय उल्लेख गरिएको छ। अपाङ्गता भएका बालबालिकाहरू स्तरयुक्त र समावेशी शिक्षा प्राप्त गर्नमा गम्भीर व्यवधानहरू बेहोरिरहेका छन् ।

बोलि र शारीरीक अवस्था समेतमा अपाङ्गता भएका धेरै बालबालिकाहरु अहिले परिवारको संरक्षणमा छन्। कालिकोटको खाँडाचक्र नगरपालिका —२ का तिन जना शारीरी तथा मानषिक रुपमा अपाङ्गता भएका बालबालिकाको अवस्था अहिले जटिल बन्दै गएको छ। घरमा बुवा आमाको मृत्यृ पछि उनीहरुलाई र्हेचाह गर्ने आफन्त नहुदा समस्या देखा परेको हो । अहिले उनीहरुको सरीरमा लगाउने कपडा समेत छैन्।