खाँडाचक्रका मेयर एकीकृत समाजवादीमा फर्किए

साउन ५,कालिकोट कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही एकीकृत समाजवादीमा फर्किएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मेयर शाहीलाई काठमाडौंमा बिहीबार आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरे ।

नेकपा एमाले विभाजित हुँदा शाही एकीकृत समाजवादीमा लागेका थिए । तर स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

शाही समाजवादीमा पुनः फर्किएसँगै स्थानीय तहमा एकीकृत समाजवादीको थप एक सिट बढेको छ । मेयर शाहीले आफू पहिले देखि नै एकीकृत समाजवादी रहेको र आजबाट पुनः पाटीमै फर्किएको बताए ।

स्थानीय तहको चुनावमा स्वतन्त्र उठेका उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनमा चुनाव जितेका थिए ।