
पटक पटक भाइरल भएपछि मात्र सरकनरको ध्यान
ललित विष्ट
असार २४, कालिकोट ।
गत वर्षको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको जितेगडामा रहेको झोलुङ्गे पुलमा क्षति पुगेको थियो । अविरल वर्षासँगै आएको भेलले जितेगडा बजारसहित पुल क्षतिग्रस्त भयो । खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिका जोड्ने कर्णाली र तिला नदीको दोभानमा रहेको उक्त पुल सामाजिक सञ्जालमा पनि निकै भाइरल हुन पुग्यो ।
स्थानीय र यातायात व्यवासायीले उक्त समयमा पुललाइ मर्मत गरी काठको भ¥याङ लगाएर आवत जावत सुरु गरीयो । पुन उक्त पुलमा बुधबार आएको बर्षले क्षेति पारेपछि स्थानीयलाई सस्ती थपियो । फेरी पुलको विषय भाइरल भायो ।
कर्णाली प्रदेश सरकारले सडक पुल मर्मतका लागि आर्थिक वर्ष २०७९/०८० को २० लाख बजेट विनियोजन गरेको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले जानकारी दिए ।
उनले भने, ‘एकपटक मर्मतका लागि टेण्डर आह्वान गरेका थियौं कसैले पनि टेन्डर हालेनन । त्यसपछि फेरि सप्लायर्सलाई बोलाएर जिम्मा दिने कुरा भएको छ २/३ दिनमा सम्झौता हुन्छ होला । त्यसपछि काम छिटो नै सकिन्छ ।’
२०७९ असोज १९ गतेदेखि परेको अविरल वर्षाले झोलुंगे पुलमा क्षति हुन पुग्यो । उक्त पुल रास्कोट नगरपालिका, नरहरिनाथ, सान्नीत्रिवेणी, पाचाल झरना र पलाँता गाउँपालिकामा जाने पैदल यात्रु र मोटरसाइकलको यात्राका लागि छोटो र छरितो पुल थियो ।
त्यति मात्रै नभएर कर्णाली राजमार्गको जितेगडामा रहेको (छहरा) नजिकै कालिकोट हुँदै सुर्खेत सवारीसाधनमा आउने यात्रुलाई हिँड्न सहज हुने गर्थ्यो । हाल पुलमा क्षति पुगेदेखि समस्या हुने गरेको स्थानीयले बताउने गरेका छन् ।
साथै, त्यहाँका स्थानीयले नदी तर्नका लागि पुलको बीचमा काठको भ¥याङ लगाएका छन् । भर्याङ लगाएको ८ महिना पुगिसकेको छ । स्थानीयले दुई लाख रूपैयाँ खर्च गरेर नदीको बीच भागको भँगालोमा कर्णाली तर्न पुलको बीचमा काठको भर्याङ बनाएका छन् ।
जसका पुलमा वारपार गर्न सहज हुने गरेको थियो । यस वर्ष पनि निरन्तर बर्षाका कारण पानीको बहाव बढ्दै जादा स्थानीय त्रसित भएका छन् । पुलमा बनाइको काठको भर्याङ नजिकैबाट पानी बग्न थालेको छ ।
पुल नजिकबाट पानी बढेको हुँदा पुलको डोरीबाट हिँडेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् त्यहाँका स्थानीय । पुल मर्मत भयो भने त्यहाँका स्थानीयलाई सहज हुने खाडाचक्र नगरपालिका–२ का दिपराज विष्टको भनाइ छ ।
विष्टका अनुसार तिलानदीको शिव मन्दिरनजिक लालीघाटमा झोलुंगे पुल भए पनि बाटो भिरालो र पाखाबाट ढुंगा खस्ने समस्या भएकाले उक्त पुलबाट खासै यात्रा नगर्ने गरेको बताए । गत वर्ष कालिकोेटमा बेमौसमी वर्षाले घर, सडक, पुल, विद्यालय, खानेपानी, सिँचाइलगायत संरचनामा ठूलो क्षति पुर्याएको थियो ।



karnalipress
२३ असार २०८०, शनिबार ०७:५५