
श्रावण २९,कालिकोट। कोभिड अस्पताल कालीकोटका कर्मचारीले आफुहरुलाई कार्यालयले खानाको समेत ब्यवस्था नगरेको गुनासो गरेका छन । प्रदेश सरकारले नियुक्त गरी पठाएका र स्वास्थ्य सेवा कार्यालय कालीकोटले कोरोना संकटको वेला नियुक्त गरेका कर्मचारीले आफुलाई म्याद थप नगरेको र काम निरन्तर गरिरहेकाले खानाको ब्यवस्थापन नगरेकाले बिरामीको नाममा आएको खाना वापतको रकमवाटै खाना खाने गरेको वताएका छन ।
बिरामी वढि भएको खण्डमा मात्र सहज छ । नत्र भने आफै पकेटको तिरेर खाना खानु परेको छ । बिरामी चार जना मात्र भएको खण्डमा बिरामीको नाममा आउने दैनिक पाँच सयका दरले २८ जना कर्मचारीलाई समेत खाना खान नपुग्ने भएकाले कर्मचारी आफैले तिर्नु परेको उनिहरुको गुनासो छ ।
कोभिड अस्पतालका कर्मचारीका अनुसार बिरामी धेरै भए त उनिहरुको नाममा आएको वजेटवाट आफ्नो पनि ब्यवस्थापन हुने नत्र भने आफै तिर्नु पर्ने प्रतिक्रिया दिनुभयो ।
खाना कार्यालय सहयोगीले आफै पकाउने गरेका छन । तत्कालीन कार्यलय प्रमुख कटकवहादुर महतले म्याद सकिएकाले स्वयसेवकका रुपमा काम गर्नेलाई खानाको ब्यवस्था गर्ने र नगर्नेहरुलाई म्याद थप हुने नहुने कुनै आफुलाई जानकारी नआएको र वजेट पनि कतैवाट नभएकाले घर जान भन्नुभएको थियो ।
केही कर्मचारी घर गएभने केही निशुल्क काम गरिरहेका छन । तर उनिहरुलाई खानाको ब्यवस्था नभएकाले घरवाटै ल्याएर खानु पर्ने वाधयता भएको वताएका छन । यो कुरा तत्कालीन कार्यालय प्रमुख महतले पनि स्वीकार गर्नु भएको छ । हामीसंग खानाको लागी भनेर वजेट छैन ।
कुनै पनि सरकारले कर्मचारी र बिरामीका लागि खाना भनेर वजेट नपठाएका कराणले यस्तो गर्न वाध्य भएको वताउनुभयो । उहाँले वजेट नआएकाले म्याद थप पनि नभएको, कोभिड अस्पताल र जिल्ला अस्पताल दुवै ठाउँको क्यान्टीन सञ्चालनका लागि पनि वजेट नआएकाले कर्मचारीले आफै खाना पकाउने, बिरामीले खाने र आफुले समेत खाने गरेको वताउनुभयो ।
कोभिडमा काम गर्ने स्वास्थ्यक्रर्मीको बिमा पनि गरिएको छैन । बिमाका बिषयमा कुरा गर्दा आफै गर्ने भनेर निमित्त ब्यवस्थापक महतले जवाफ दिएको स्वास्थ्यक्रर्मीको भनाई छ । जोखिममा काम गरिरहेका स्वास्थ्यक्रर्मीको बिमा अनिवार्य हुनुपर्ने हो ।



karnalipress
२९ श्रावण २०७८, शुक्रबार ०६:३०