विकटताले थिचिएर सुन्दरताले भरिएको एक टुक्राः कालिकोट

फोटो फिचर

ललित बिष्ट भाद्र २६,कालिकोट : कालीकोट सुन्दरताले भरिपूर्ण जिल्ल हो। यहाँ धेरै थोक छ । तर, यहाँ अझै पर्यटनको विकास सोचेजसरी हुन सकेको छैन् ।कालीकोटको सुन्दरता वर्णन गर्न सकिदैन,स्वस्थहावा,पानी,रमणीय वातावरण,कर्णली नदि,कालीकोटको सुन्दर ठाउँ हो। अहिले सबैको ढुक्क,ढुकी बनेको छ, दक्षिण एसियाकै अग्लो झरना पचालझरना पर्यटकको नजरमा त्यति पुग्न सकेको छैन्। कालीकोटमा हिउँ पर्दाको बखत त झन् साच्चै सुन्दर हुन्छ।कालिकोटको जडिबुटी र स्याउको बगैँचाले पनि यसलाई मौलिक उत्पादनले भरिएको जिल्लाको रुपमा बुझ्न सकिन्छ।भौगोलिक हिसाब,सडक,शिक्षाको विकास कमभएको कारणले पछि परेको देखिन्छ। वरिपरि पहाडै,पहाडको बिचको डाँडामा कालिकोटको सदरमुकाम मान्म छ । यस्तो बजार निकै थोरे ठाउँमा देखिन्छ। सानो बजार हेर्दा कुनै सहरभन्दा कम छैन्। पानी पर्दा होस् वा घाम लाग्दा कालिकोटको मान्म आफैमा फरक छ।

मान्मबाट देखिने दैलेख,अछामको दृश्य

दक्षिण एसियाकै अग्लो झरना पचालझरना।

पलाँत गाउँपालिका र्थिपु,

मान्मबाट देखिने रास्कोटको हिमालि ठाउँ हिउँ पर्दाको बखत।

वरिपरि पहाडै,पहाडको बिचमा मान्म बारज फोटो  :ललित बिष्ट