धानको समर्थन मूल्य तोकियो

असोज ६,काठमाडौं। कृषि तथा पशुपन्छी मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आर्थिक वर्ष २०७८÷७९ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ७५२ रुपैयाँ तोकिएको हो ।

त्यस्तै, मध्यम धानको न्यूनतम समर्थन मूल्य २ हजार ९०२ रुपैयाँ तोकिएको प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । यो मूल्य गत आर्थिक वर्षको तुलनामा दुवै किसिमको धानमा १७ रुपैयाँ प्रति क्वीन्टल बढी रहेको सञ्जेलको भनाइ छ ।