
ललित बिष्ट फागुन २५,कालिकोट। भवन अभावमै विद्यालय संञ्चालनगर्दै आयको शान्तिकोट आधारभुत विद्यालयलाई गाउँपालिकाकै नमुना छापामय विद्यालयको भवन हस्तान्तरण गरिएको छ।प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको समन्वयमामा निर्माण गरिएको चार कोठे आधुनिक छापामय विद्यालय भवन र सौचालय सान्नीत्रिवेणी गाउँपालिकाको वडानं—४ को श्री सान्तिकोट आधारभुत विद्यालयलाई मंगलबार एक समारोहका बिच उद्घाटन तथा हस्तानतरण गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको समन्वयमा कामसुरु गरिएको भवन २ बर्षमा सकिएको हो,उक्त चार कोठे विद्यालय भवन र तिन कोठे सौचालय भवनको कुल ६० लाख लागतमा निमार्ण सम्पन्न भएको आधुनिक भवन र सौचालय निमार्ण सम्पन्न पछि विद्यालय परिवारलाई हस्तानतरण गरिको हो ।
अहिले विद्यालय भवनमा छापामय कक्षा कोठा र बालमैत्री सौचालयले बालबालिकाको पठन,पाठनमा सहज भएको र कोरोनाले गर्दा विद्यालय भवन निमार्णमा केही समय लागेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर पुरीले बताए ।
भवन हस्तान्तरण कार्यक्रममा सहभागी भएका प्लान इन्टरनेशनल नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुलीले कोरोना कहरकै बिचमा पनि गाउँपालिकाकै नमुना विद्यालय भवन तयार गरेकोमा सबैलाई धन्यवाद दिईन् । उनले भनिन् ‘शिक्षाको कुरागर्दा लैगिंक समान्ता काएम गर्न,गुणस्तरीय शिक्षाकोलागि भौतिक संरचनाको आवश्यक पर्ने हुदा यहाँका बालबालिकाको भविस्य उज्वल गराउन यस ठाउँमा विद्यालय भवन तयार गरीएको छ। भवन निमार्ण सम्पन्न गरी हस्तान्तरण गरी सकेपछी अव यो भवनबाट गुणस्तरीय शिक्षा दिने र भवनको संरक्षणगर्ने जिम्मा शिक्षक,समुदाय र अन्य सरोकारवाल निकायलेको रहेने छ ।’
हस्तानतरण कार्यक्रमा किर्डाक नेपालका कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले नवनिर्मित भवनबाट गुणस्तरिय शिक्ष दिन झिकाउ,टिकाउ,सिकाउ र बिकाउ शिक्षा दिनुपर्ने बताए उनलले भने ‘विद्यालय भवनसंगै तयार गरीएको सौचालय पनि बालमैत्री भएकाले यो विद्यालयमा छापामय पढाईले स–साना विद्यार्थिहरुको भविश्य उज्वल हुनेमा विस्त रहेको छु ।’
कायक्रममा बोल्दै प्रध्यानाध्यापक कृष्ण बहादुर शाहीले आफ्नो गाउँ आफै बनाउ अभियानले २०५२ सालमा स्थापना गरीएको यो विद्यालयले अहिले मुहार फेरेको बताए । उनले भने, ‘चार कोठे नमुना भवन बनेको छ, अझै केही कोठा अभाव छ,बालबालिकाले पनि छापामय विद्यालयमा पढन् पाए सहयोगी संथा प्लान इन्टरनेशनल नेपालका र किर्डाक नेपाललाई धन्यवाद छ ।’
गाउँपालिका उपाधयक्ष होइजा बुढाले गाउँपालिकाले मात्र सबै क्षेत्रको बिकास गर्न नसक्नेरहे छ,यो नमुना भवनले देखायको छ। उनले भनिन् ‘प्लान इन्टरनेशनल नेपालका र किर्डाकले गाउँपालिकाको शैक्षिक सुधारको लागि नमुना भवन निमार्णको काम पालिकाको १० ओटा विद्यालयमा गरिरहेको र आगामि दिनमा गाउँपालिकाले अझै सहकार्य गरेर जाने बताईन्।’
शिक्षा शाखा प्रमुख महनविर धामिले पनि गाउँपालिकामा गुणस्तरीय शिक्षा दिन नमुना संररचना र छापामय विद्यालयको लागि राम्रो काम गरीरहेको बताए । कार्यक्रममा बालबालिका,शिक्षक,अबिभनवकको पत्रकार लगाएको सहभागित रहेको थियो ।

निमार्ण सम्पन्न तिन कोठे सौचालय भवन संगै बालमैत्रि खानेपानि धाराः फोटो

प्लान इन्टरनेशनल नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुली विद्यालय भवन उद्घाटन तथा हस्तानतरणमाः फोटो

विद्यालय भवन उद्घाटन तथा हस्तानतरण कार्यक्रममा अथितिहरुः फोटो



karnalipress
२५ फाल्गुन २०७८, बुधबार ०६:४६