निमित्तकै भरमा कालिकोटका स्थानीयतह

 ललित बिष्ट माघ २७,कालिकोट । कालीकोट जिल्लाका सबै स्थानीय तह निमित्तकै भरमा जसोतसो सञ्चालन भईरहेका छन । जिल्लाका तीन नगरपालिका र छ वटा गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत छैनन । सबैमा निमित्तले प्रमुख प्रशासकिय अधिकृतको कामकाज गरिरहेका छन । उपसचिवको दरवन्दी भएका तीन वटा नगरपालिकामा प्रशासन तर्फका समेत कर्मचारी नभएर कुनैमा पशुसेवाका प्राबिधिक त कुनैमा शिक्षा र स्वास्थ्य क्षेत्रका कर्मचारीलाई नगरपालिका सञ्चालनको जिम्मेवारी तोकिएको छ ।

रास्कोट नगरपालिकामा पशुसेवाका आठौँ तह प्राबिधिक तहका कर्मचारी जवानसिहं बमले लामो समय देखि नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी समाली रहेका छन् । यस्तै खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका प्रमुख जसिप्रसाद चौलागाई र तिलागुफा नगरपालिकामा स्वास्थ्य क्षेत्रका सातौ तहका अधिकृत लक्ष्मणप्रसाद चौलागाईले प्रमुख प्रशासकिय अधिकृत चलाएका छन्। पलाँता गाउँपालिकामा पशुसेवाकै प्राबिधिक छैटौ तहका कर्मसिहं बमले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी लिएकाछन् ।

एमाले निकट कर्मचारीमा आस्था राख्ने बमलाई गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले माओवादी केन्द्रको पार्टी सदस्यताको रसिद काट्न लगाएर प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी खिएका हुन । यस्तै शान्नीत्रिवेणी गाउँपालिकामा पनि पशु प्राबिधिक छैटौ तह नेत्रवहादुर शाही प्रमुख प्रशासकिय अधिकृत छन् भने नरहरीनाथ गाउँपालिकामा पनि छैटौ तहका कबिराज न्यौपानेलाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी तोकिएको छ । शुभकालिकामा केन्द्रवहादुर शाही छैटौ तहका छन् ।

गाउँपालिका अध्यक्ष खाडानन्द चौलागाईले सुगममा वस्न वानी परेका कर्मचारी दुर्गममा आउन नमान्ने भएकाले निमित्तकै भरमा स्थानीय तह चलाउनु परेको वताए । यस्तै महावै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत गणेशमान सिहं छैटौ तहका कर्मचारी छन् । पचालझरना गाउँपालिकामा पनि पशु सेवा तर्फका छैटौ तहका अधिकृत बिरेन्द्रवहादुर बमलाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी तोकिएको छ ।

रास्कोट नगरपालिका, पलाँता, सान्नीत्रिवेणी, पचालझरना गाउँपालिकागरी चार स्थानीय तह पशुसेवा तर्फका प्राबिधिकले चलाईरहेका छन भने वाँकीमा छैटौ तहका कर्मचारीले स्थानीयतह हाकिरहेका छन । नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृत त्यो पनि प्रशासन तर्फकाले प्रमुख प्रशासकिय अधिकृत भएर कामकाज गर्ने ब्यवस्था छ ।
फोट