
कालिकोट – शुभकालिका गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयाेजक पम्फा कुमारी शाहीले प्रहरी कार्यालय कालिकोट भित्रै पत्रकार ललित विष्टलाई हातपात गरेकि छन ।
कर्णाली प्रेसका अध्यक्ष र रेडियो नयाँ कर्णाली एफ एमका प्रबिधिक प्रमुख ललित विस्टलाई उपाध्यक्ष शाहीले कृषि मन्त्री कुर्मराज शाही संगकाे टिकटककाे समाचार साभार शेहर गरेकाे भन्दै प्रहरी कार्यालय भित्रै मुक्का प्रहार गरेकि हुन ।
समाचार पाेष्ट गरेकाे विषयलाई उपाध्यक्ष शाहीले प्रहरीलाई जानकारी दिई पत्रकार ललित विष्टलाई बाेलाएर प्रहरी कार्यालय भित्र छलफलका लागि मुद्दा फाँटकाे ढाेकामा प्रवेश गर्दै गर्दा उपाध्यक्ष शाहीले समाचार लेख्ने तै हाेस्! भन्दै आवेशमा आएर प्रहरीकै अगाढि मुका हानेकि हुन ।
सार्वजनिक पदमा रहेकाे व्यक्तिले एउटा नागरिकलाई मुका प्रहार गर्नु गलत रहेकाे भन्दै आलाेचना गरिएको छ ।उपाध्यक्ष पम्फा कुमारी शाहीकाे नामबाट कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कर्मराज शाहीकाे फाेटाे हालेर टिकटक बनाएर पाेष्ट गरिएपछि नेपाल प्रेसले समाचार बनाएकाे थियाे ।
त्यसपछि उपाध्यक्ष शाहीले आफ्नाे टिकटक आफुले नगरेर आफ्नाे बच्चाहरूले पाेष्ट गरेकाे बताएकि थिईन ।



karnalipress
८ आश्विन २०७८, शुक्रबार २०:५६