
१० कार्तिक कालिकाेट । नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा पार्टिका प्रवक्ता खड्क बहादुर बिश्वकर्मा प्रकाण्डलाई कालिकाेटकाे माल्काेटमा भब्य स्वागत गरिएकाे छ । प्रतिबन्द फुकुवा पछि पहिलाे पटक गृह जिल्ला कालिकोट पुग्नुभएका प्रकाण्डलाई स्थानीय बासीहरुले भब्य स्वागत गरेका हुन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा नेकपाका महासचिव नेत्रबिक्रम चन्द बिप्लवका सरदर दाजु तथा नेकपाका केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द (क. बिरजंग)को पार्टि केन्द्रिय कमिटीको निर्णय अनुसार देशैभरी हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज कालिकोट जिल्ला अन्तर्गत नरहरिनाथ गापाको माल्कोट शेरापाटामा पनि सम्पन्न भएको छ।
नेकपा कालिकोट जिल्ला सेक्रेटरी मनिलाल ऐडि रणदिपको अध्यक्षतामा भएको उक्त श्रद्धाञ्जली कार्यक्रममा, नेकपा केन्द्रिय सदस्य तथा कर्णाली ब्युरो ईन्चार्ज एटम बिसिको प्रमुख आतिथ्यतामा, कालिकोट तथा जुम्ला जिल्ला ईन्चार्ज बिराट,मुगु तथा हुम्ला जिल्ला ईन्चार्ज संगम, नेकपा केन्द्रिय समिती सदस्य बलवान लगायतका सो पार्टिका शिर्ष नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिसिले पार्टिमा नेता बिरजंगको अतुलनीय योगदानको उच्च कदर गर्दै वहाँको सपना एकीकृत जनक्रान्ति मार्फत पूरा गरि छाड्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो।
त्यस्तै आज नेकपा केन्द्रिय समिति सचिवालय सदस्य, पार्टि प्रवक्ता तथा पुर्व नागरिक, उड्यान तथा पर्यटन मन्त्री खडक बहादुर बिश्वकर्मा क. प्रकाण्ड आफ्नो गृहजिल्ला कालिकोटको माल्कोटमा पुग्नुभएको छ। यस्तै प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिकाे कार्यदिशा मार्फत बैज्ञानिक समाजबाद स्थापना गरिछाड्ने बताउनुभयाे । वहाँलाई गृहगाउ माल्कोटमा स्थानिय जनता, नेता तथा कार्यकर्ताहरुले विभिन्न पञ्चेबाजा सहित भव्य स्वागत गरिएको हो। वहाँ पार्टिको ब्युरो प्रशिक्षण कार्यक्रमका लागि केही समय कालिकोटमै रहनुहुने नेकपा जिल्ला कमिटी सदस्य जीवन बिश्वकर्माले जानकारी दिनुभयो। कालिकोट खवर



karnalipress
१० कार्तिक २०७८, बुधबार २०:१९