
असोज २१,कालीकोट। विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भरत बम (रणविर)ले मुलुकलाई निकास दिन जनमत संग्रहको बिकल्प नभएको वताउनुभयो । उहाँले आफ्नो पार्टीले सरकारसंग मुलुकको निकासका लागि जनमत संग्रह गरेर अगाडी वढ्न प्रस्ताव गरेको भन्दै यदी सरकारले त्यो प्रस्ताव अस्वीकार गरेमा जनतामा बिद्रोह उत्पन्न हुने र त्यसले थप मुलुक संटकमा पर्ने वताउनुभयो ।
उहाँले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद प्राप्त गर्न जनमत संग्रहको आवस्यक्ता भएको ठोकुवा गर्नुभयो । बिहीबार कालीकोटको सदरमुकाम मान्ममा पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभयो हो । नेता बमले राजनिति संकटका फैलिदै गएको र बिश्वके पुजिवादको असर नेपालमा आएर दलाल पुजिवादमा परिणत भएकाले मुलुकलाई आर्थिक परनिर्भता झन थपिदै गएको वताउनुभयो।
नेता बमले नेपालका राजनैतिक दलका नेताहरुको कमजोरी मात्र नभएर व्यवस्थाकै असफलता भएकाले जो नेता र सरकार वनेपनि नेपालमा जनताले अनुभूति हुने गरि परिवर्तन नहुने वताउनु भयो । उहाँले जनताले अनुभूति हुने गरि परिवर्तनका लागि जनमत संग्रह गरि नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने वटम लाईनमा आफ्नो पाटी रहेको खुलासा गर्नुभयो ।
लामो समय जेल जिवनपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएका नेता बमको उपस्थितिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहभागी पत्रकार राखेको प्रश्नको उतर दिदै नेता बमले दलालीहरुको सानो समुहले एमसिसि लगाएतका वैदेशिक हस्तक्षेपकारी नितिमा सहमती जनाउने गरेको वताउनुभयो ।
सरकारले दार्चुला तुई घटनाका दोसि भारतीय दलालको दादागिरीको बिरोध गर्न नसक्नु हामी नेपाली र नेपाली माटो माथिको झन अन्याय भएको वताउनुभयो । जनपत्रका संगठन नेपाल कालिकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका नेता जिल्ला इन्चार्ज बिराट,जिल्ला सेक्रेटरी रणदिप लगाएतको सहभागिता रहेको थियो । संगठनका जिल्लासचिव कर्ण परियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।



karnalipress
२१ आश्विन २०७८, बिहीबार १९:१८