
जेठ ३०,कालिकोट। जिल्लाको पलाँता गाउँपालिका निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर बम पलातिकान्छाले सरकारलाई शिक्षा प्रति जिम्मेवार बन्न शुझाब दिनुभएको छ ।
उनले स्टाटस लेख्दै सरकार किताब कहाँ पुग्यो,नयाँ किताब समयमा पुगाउन नसक्ने सरकारले किन पुराना किताब पढ्ने बाताबरण बिगारेर पाठ्यक्रम परिबर्तन गरिरहन्छ ? किताब विद्यालयममा नपुग्दा विद्यार्थी गेट सम्म मात्र पुगेका छन शिक्षा प्रति किन लाप्रबाहि ? कित सरकारि शिक्षा बन्द गर्न तिर उन्मुख हो,कहिले कोरनाको माहामारि त कैले शिक्षक र किताबको माहामारि शिक्षा बिकासको पहिलो आधार हो माटो पछि खनौला पहिला माटो खन्न सिकाउने शिक्षा प्रति सबैको ध्यान तु जाहोस् ।
कालिकोटमा सबै विषयका किताब अहिलेसम्म पाउन सकेका छैनन् भने गाउँपालिका, नगरपालिकाका स्कुलमा किताब पुग्न धेरै समय लाग्ने निश्चित देखिन्छ । यसै वर्ष कक्षा चार, सात र नौ कक्षाको पाठ्यक्रम परिवर्तन भएको छ । जसका कारण विद्यार्थीले आफ्ना अग्रजहरूले पढेका पुराना किताब समेत प्रयोग पाएका छैनन् ।
झन्डै एक महिनादेखि किताब बिना बस्नुपर्दा विद्यार्थीलाई मात्रै होइन, किताब बिना पढाउन शिक्षकहरूलाई समेत अप्ठ्यारो हुने गरेको छ । पलाता गाउँ पालिकामा सरकारि बिधालयमा अहिले सम्म पढाईमा बाधा हुदा चिन्ता ब्यक्त गर्नु भएको छ ।
karnalipress
३० जेष्ठ २०७९, सोमबार १९:३२