६० लाख खर्चेर बनाइयो सुंगुरको मूर्ति

श्रावण २३,काठमाडौं। स्थानीय सरकार बनेपछि देशभरि ठाउँ(ठाउँमा सोही ठाउँका विशेषताअनुसार विभिन्न  मूर्ति ठड्याइएका छन्।कहीँ सिमेन्टले गुराँसका रूख बनाइएका छन्, कहीँ करूवाका मूर्ति ठड्याइएका छन्। हालसालै उदयपुरको बेलका नगरपालिकाले सुंगुरको मूर्ति बनाएको छ।

बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा बनाइएको उक्त सुंगुरको मूर्तिको उचाइ १२ फिट छ,भने लम्बाई १६ फिट रहेको र सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिनुभयो।

‘यो मूर्ति नगरपालिका आफैंले बनाएको हो। दशैंसम्म उद्घाटन गर्ने तयारी छ,’ मेयर थापाले  भनुभयो,‘त्यहाँ धार्मिक पार्क पनि बनाउँछौं। ’पर्यटकीय हिसाबले धेरै सम्भावना भएकाले अरू के गर्न सकिन्छ भनेर छलफल गर्दा यस ठाउँबाट बराह बँदेल हाम फालेर बराह क्षेत्रमा पसेको भन्ने किम्बदन्ती रहेछ। सोही अनुसार बराहको मूर्ति बनाउने कुरा भएको मेयर थापाले बताउनुभयो।’