कर्णाली राजमार्ग देखि सहायक रोडहरुमा गाडि संचालन गर्न अनुमती,

२६ मंसिर,कालीकोट।  जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्ग देखीका सहायक रोडहरुमा यातायात संचालन गर्न अनुमति दिएको छ । शुक्रबार कर्णाली राजमार्ग देखी सिधै करीडोरका सहायक राेडमा यातायात संचालन गर्न मान्म देखी सुर्खेत नेपालगंज लगाएतका क्षेत्रवाट सीधै मजौला र बोलेरो जिव संचालन गर्न अनुमति दिएको हो ।

शुत्रवार मान्ममा एक कार्यक्रमका बिच यातायात समिति राजनितिकदल,सरोकारवालाहरु संग छलफल गरेर जिल्लाकाे सदरमुकाम मान्म देखि शुभकालिका गाउँपालिकाकाे भर्ता,नरहरीनाथ गाउँपालिकाको लालु,कोडवाडा,सान्नीत्रिवेणी गाउँपालिकाकाे,मेहलमुडि ,घाटाचाैर, पलाँता,रास्काेट सम्मका रोडहरुमा कालो पिलेटका साना सवारीसाधन सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय कालीकोट र सराेकारवालाहरूकाे उपस्थितिमा निर्णय गरिएको छ ।

नरहरीनाथ,रास्कोट,पलाता, बाजुरा लगाएतका ठाउँमा जानको लागी ठाउँ,ठाउँबाट गाडी चड्रनु पर्ने अबस्थाको अन्य गर्न र जता वाट यात्रा गनु परेपनि गन्तब्यमा पुग्नकालागी सहज बनाउन यातायात संचालन गर्न लागेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

खुलालु पुल बनिसके पछि अहिले सुर्खेत नेपालगंज, मान्म लगाएतका ठाउँवाट सिधै कर्णाली करीडोरमा गाडी संचालन गरेपनि बैधानिक रुपमा मान्म देखी शुभकालिका,नरहरीनाथ,रास्कोट,पलाता जस्ता क्षेत्रमा यातायात संचालन नियमिति रुपमा गर्ने बैठकले निर्णय गरेको थियो।बिहान गाडी छुट्रने र बेलुकि उहि ठाउमा फकीन बातावरण मिलाउन समितिलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्देशन दिनु भएको छ ।

यसमा स्थिाति तहले पनि आफ्रनो नागरीकको सेवा र भावनालाई बुझेर नियमित यातायात संचालन गर्न पनि ध्यान आर्कषर्ण गरीएको छ ।करीडोरमा ठुला गाडी संचालनको लागी तत्काल अहिले राजमार्ग देखीका रोडहरु  अझै पुर्णरुपमा नबनिसकेकाले साना बोलेरो र र्फोस गाडी संचालन गर्न सकिने यातायात समितिले जानकारी दिएको छ ।