भुमी आयोगले दियो कालिकोटमा ३३ जनालाई रातोपुर्जा

भाद्र,१५ कालिकोट: भुमी सम्बन्धी समस्या सावधान आयोगले कालिकोटका ३३ जनालाई रातो पुर्जा दिएको छ ।लामो समयदेखी भोगचलन गर्दै आएका अव्यवस्थित रुपमा बसोवास गर्दै आएका ३३ जनालाई रातो पुर्जा दिएको हो ।

२०५४ सालमा नामजाँच गरेका तर, पुर्जा नपाएका ३३ जनालाई पुर्जा वितरण गरेको आयोगका विषय विज्ञ सचिव रमेश नेपालीले जानकारी दिनुभयाे।

पुर्जा पाउनेमा खाँडाचक्र नगरपालिकाका ११ जना, पलाँता गाउँपालिकाका १५ जना र नरहरीनाथ साविकको मालकोटका ७ जना गरी जम्मा ३३ जनालाई पुर्जा दिएकाे आयोगका अध्यक्ष धिरबहादुर बमले बताउनुभयो  ।

केपी ओली नेतृत्वको सरकारले देशका ७७ वटै जिल्लामा भुमी सम्बन्धी समस्या आयोग गठन गरेको थियो । ओली सरकार ढालीसके पछी देउवा नेतृत्वको गठबन्धनको सरकारले पुरानो गठित आयोगलाई हटाएर नयां आफ्नो मान्छेहरुलाई नियुत्ती गर्ने तयारी गरेको  छ ।