
श्रावण २९,कालिकोट। कालिकोटको बिगत लामो समयदेखि ओझेलमा परेको सेरि- पान्तडि नेताहरुले चुनावी नारा(भोट बैंकका)रुपमा प्रयोग गरे जुन सडक निर्माणका लागि नेपाल सरकारले नेपाली सेनालाई जिम्मा दिई आधा काम बिगतमा भएको छर्लङ्ग छ तर बिचमा राजनीतिक दलका विभिन्न आन्दोलन,अवरोध,स्वार्थि भावनाले गर्दा त्यो सडकको काम पूरा हुन सकेन र त्यहाँका जनताको गाडी चटने सपना अझै पूरा हुन सकेको छैन।
पटकपटक DPR तयार गरि लिने,कहिले राष्ट्रिय गौरवको आयोजनाको लिष्टमा पर्ने,कहिले टेन्डर आब्हन हुने,माननिय,ज्युहरुले दशौ पटक शिलान्यास गर्ने खसी खाने काम गर्नुभयो तर काम भने शून्य हुने यहाँको समस्या छ। बर्तमान समयमा शक्ति र सत्ताको चरम दुरुपयोग गर्दै केही निश्चित समुदायको निश्चित व्यक्तिको मात्र मनोभावना लाई समेटि बर्षौ देखि सर्भे भएको सेरि-पान्तडि सडक बेउलि पान्तडिमा लगेर मिसाईएको प्रति घोर निन्दा गर्दछु।
कुनै समुदाय लाई बेवास्ता गर्दै आफ्नो चाहाना अनुरुप घुमाउन खोज्ने नवसामन्ति सोच भएकाहरु लाई यो सडकले मात्र होइन यहाँका पिडित जनताको आशुँले समेत तपाईंको शक्ति र सत्ताको सर्वनाश अवश्य हेर्न चाहेको छन त्यो समय छिट्टै आउने छ। जुन समुदायका जनतालाई तपाईंहरुले भोटरका रुपमा मात्र हेर्नू भएको छ,जुन समुदायका जनतालाई पेलेरै भए पनि लैजानुपर्छ भन्ने भावनाको विकास गर्नुभएको छ त्यस्तो स्तरहिन चिन्तन तपाईहरु आफैंलाई घातक सावित हुनेछ। त्यसको हिसाब-किताब आउने दिनमा हुने नै छ।
अहिले वडा,प्रदेश,संघ सबै सत्ताको मात लागेर मात्तिएका हरु बिचार गर्नु तपाईंको क्षमता तपाईंहरुको कार्यशैलीले तपाईंहरु लाई नै गिज्याईरहेको छ। हेक्का रहोस झुट,छलकपट,स्वार्थको कुनै अवधि हुन्छ तर सत्यको कुनै अवधि हुदैन। सर्भे गर्न पठाउने र सर्भे गर्ने टोलिलाई पनि याद रहोस राति होटलमा बसेर जाड रक्सि खुवाएको भरमा मनोमानी गरे त्यसपछिको परिणामका बिषयमा सोच्न पनि अनुरोध छ।
जताबाट लिन खोज्दै हुनुहुन्छ त्यो सडक त ग्रामीण सडकका रुपमा काम भैरहेको छ अझै सेरि पान्तडि त्यतै मिसाउनु पर्ने केही कारण छ ? यहाँका जनतालाई राणा शासनमा पन्चायत कालमा,बहुदलमा आफ्नो दबाबमा राख्यौ तर अझै गणतन्त्र सम्म आउदा पनि त्यहि पुरानै शैली ब्यवहार किन गर्छौ त्यस्तो निच सोच सामान्ति प्रवृत्ति,पन्चेशैलि नसुध्रिए त्यसका बिरुद्ध लडन तयार छौ।
लेखकः कमल भट्टराई अनेरास्ववियूका केन्द्रीय सदस्य



karnalipress
२९ श्रावण २०७८, शुक्रबार ०९:१५