
५ कार्तिक कालिकोट। कर्णाली प्रदेशको सुर्खेत,देखि दैलेख हुदै कालिकोट सम्म पुगेको विद्युत सेवा दैनिक बन्द हुने गरेको छ।३३.केभी प्रशारण लाइनको दुल्लु देखि कालिकोट सम्मकाे विद्युत लाईनमा फल्ट पत्ता नलाग्दा विद्युतसेवा अबरुद्ध भएको हाे।
विद्युत कार्यालय कालिकोटका प्रविधिक प्रमुख प्रकाश शाहीका अनुसार अहिले विद्युतसेवा अबरुद्ध छ,“विद्युतलाईनकाे फल्ट पल्तालागेकाे छैन ।उनले भने, लगातार पानीका कारण विद्युत लाइनमा समस्या देखिएको छ तर अहिले फल्ट पत्ता नलागेककाले विद्युत लाइन सुचारु हुन केही समय लाग्न सक्छ ।”
बिहीबार साझादेखि दैनिक जसाे पटकपटक विद्युत जाने गरेको छ। अहिले कालिकोटको विद्युत सेवा बन्द भएको छ ।विद्युत सुचारु नहुदा सेवाग्राही मर्कामा परेका छन् ।



karnalipress
५ कार्तिक २०७८, शुक्रबार २१:४६