जनआन्दोलनमा ढालिएको वीरेन्द्र सालिक पुनः राखियो

१४,सुर्खेत  । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६६÷०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए ।

स्व. राजा वीरेन्द्रको सालिक राख्ने बिषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पक्षले राख्नु पर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै कारण सालिक स्थापना हुदैँ आएको थियो ।

बुधबार दिउँसो स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रको सालिक राखेको हो । यो समूहको अगुवाइ गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइ युवाहरुको समूहले वीरेन्द्रचोकमा सालिका राखेको हो ।

सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको गुरुयोजना स्व.राजा वीरेन्द्रले नै बनाउन लगाएकाले उनको सालिक राख्नु परेको पिठादिस बलभद्रले बताए । स्व. राजा वीरेन्द्र वि.सं. २०२३ सालमा सुर्खेत भ्रमण आएका थिए । उक्त समयमा नै राजाले उपत्यका मन पराएकाले २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाले नगरको गुरुयोजना बनाएका थिए ।

आफूले अति रुचाएको ठाउँ भएकाले वीरेन्द्रले गुरुयोजना कार्यान्वयन गर्न लगाएका थिए ।
राजाको शालिकसहित बीच बजारको चौकलाई वीरेन्द्रचोक नामाकरण गरिएको थियो ।
भारतको जयपुरबाट बनाएर ल्याइएको वीरेन्द्रको सालिक वि.सं. २०४३ सालमा राखिएको थियो । वीरेन्द्रसँगै आएकी रानी ऐश्वर्याले शालिकको अनावरण गरेकी थिइन् ।
वीरेन्द्रनगरलाई गुरुयोजनासहितको सहर निर्माण गर्ने स्व.राजा वीरेन्द्रको सम्मानका यो सहरको नाम राखिएको कालीप्रसाद पाण्डे बताए । ‘२०२३ सालमा नै अञ्चलाधीश रामबहादुर रावलले त्यस खबतका युवराज वीरेन्द्रको नामबाट यसको नामाकरण गरेका थिए ।’ उनले भने,‘ त्यसबखत युवराजको नामबाट नामाकरण भएको यो नेपालकै पहिलो सदरमुकाम र पहिलो शहर पनि हो ।’

उनले भने,‘नेपालमा नगर पञ्चायतको संख्या थप्ने क्रममा २०३३ सालमा यसलाई नेपालको उन्नाइसौं नगर पञ्चायतको रुपमा पहिलो पटक नामाकरण गरिएको थियो र यो उन्नाइसौं नगर पञ्चायत हो पनि । तर यसको विकासको गति र पूर्वाधार विचार गर्दा हाल आएर यो नगर धेरै पछाडि छ ।’