पलाँता गाउँपालिकाले जनयुद्ध दिवसमा विदा दिने

माघ २७,कालिकोट । कालिकोटको पालाँता गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। शनिवार गाउँ कार्यपालिका बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विदा दिने निर्णय गरेको छ। सर्वेच्च अदालतले गत पुस १३ गते जनयुद्ध दिवसमा विदा नदिने आदेश दिएको थियो ।

सम्मानित आदालतको आदेश बिपरित पलाँता गाउँपालिका मातहत सरकारी कार्यालय र विद्यालयहरूमा सार्वजनिक विदा दिने निर्णय भएको हो। सर्वोच्च अदालतले गत पुस १३ गते अबदेखि जनयुद्ध दिवसमा विदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक विदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो। यस अघी रोल्पाको माडी गाउँपालिकाले विदागर्ने निर्णय गरेको थियो ।