स्वास्थ्य सेवा कार्यालय कालीकोटमा अख्तीयारको नजर

भाद्र,२५ कालीकोट। स्वास्थ्य सेवा कार्यालय कालीकोटमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको नजर परेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा कार्यालयले कर्मचारी नियुक्ती, कोरोना रोकथाम गर्दा खरिद गरेको औषधी, कार्यालयको आन्तरिक संरचना मर्मत सम्भारमा अनियमिता भएको आशँका गदै सबै फाईल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

कार्यालयका निमित्त ब्यवस्थापक कटकवहादुर महतले आर्थिक वर्ष २०७७÷०७८ का सबै फाईल कार्यालयले मागेको वताउनु भयो । उहाँले आफ्नो पालामा भन्दा पनि पुरै आर्थिक वर्षका फाईल झिकाएकाले आफुले उपलब्ध गराएको वताउनुभयो ।

तर कार्यालयले भने महत कार्यालय प्रमुख भए प्रश्चात कार्यालयका सबै काममा अनियमिता देखिएको भन्दै अनुसन्धान थालेको संकेत दिएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पनि अख्तीयार कार्यालय सुर्खेतले कागजपत्र माग गरेको पुस्टी गर्नुभयो । कार्यालयले के प्रयोजनका लागि हो थाह भएन मागेकाले आफुले पनि पठाउन भनेको वताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटले कर्मचारी भर्ना, औषधी खरिद, कोरोनाका बिरामीको नाममा आएको खाना रकम र कर्मचारीको जोखिम भत्तामा समेत अनियमिता गरेको कर्मचारीकै भनाई रहेको छ । कराहरमा राखिएका कर्मचारीले आफ्नो नाम गोप्य राखिदिन अनुरोध गदै सबै वेथिती सार्वजनिक गरिदिन बिभिन्न मिडियामा कार्यरत पत्रकार समक्ष कुरा राख्दै आएका छन । यस भन्दा अगाडी औषधीको मुल्यसुचीमा टिपेक्स लगाएको,  बिरामीको खाना खान्छन कर्मचारी,बिना सुचना कर्मचारी राखेको, लगाएतका समाचार सार्वजनिक गरिसकेको छ ।