असार ५,कालिकोट । जिल्लाकाे पलाँता गाउँपालिकामा विद्यालय तहका पाठ्यपुस्तक पुगेका छन् । जिल्लाकाे अति बिकट मानिने पलाँता गाउँपालिकाले विद्यार्थीकाे सिकाई सहजताका लागि समयमै पाठ्यपुस्तक आपुर्ति गरेकाे हाे ।
पलाँता गाउँपालिका अध्यक्ष बिष्णुबहादुर राेकाया(ईन्द्र)ले गाउँपालिकाका सबै विद्यार्थीलाई पुग्ने गरि पाठ्यपुस्तक पालिकामा पुगिसकेकाे बताए । उनले भने, काेराेनाका कारण प्रभाबित भएकाे शिक्षण सिकाई क्रियाकलापलाई पहिलेकै अवस्थामा लिन नियमित विद्यालय संचालन गर्ने र समयमै पाठ्यपुस्तक विद्यार्थीकाे हातमा पुगाउने लक्ष्य रहेकाे थियाे । अब पाठ्यपुस्तक उपलब्ध भएपछि शिक्षण सिकाई क्रियाकलाप थप प्रभाबकारी हुने उनले बताए ।
यस्तै जिल्लाका पचालझरना गाउँपालिका वडानं-७ पंगेली माबिले पनि पाठ्यपुस्तक ल्याई विद्यार्थीलाई बितरण गरिसकेकाे विद्यालयका प्रधानाध्यापक धर्मराज बाेगटीले बताए । उनले भने, पालिकाका अरु विद्यालयले पाठ्यपुस्तक ल्याउन सकेका छैनन् ।
हामीले बिद्यालय आफैले पहल लिएर समयमै विद्यार्थीकाे हातमा पाठ्यपुस्तक पुगाउन सफल भएका हाैँ । जिल्लाका ८० प्रतिशत विद्यालयमा अझै पनि पाठ्यपुस्तक बिनै बिद्यार्थीहरु विद्यालय जान बाध्य छन् ।
karnalipress
५ असार २०७९, आईतवार १९:२६