नेपालगञ्ज जादै गरेको यात्रुबाहक बस दुर्घटना ४ नजाको मृत्यु

जेठ ११,कालिकोट । बुधबार साँझ दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको  प्रहरी कार्यालय दैलेखले जनाएको छ । कालिकोटबाट नेपालगञ्ज जादै गरेको बस कर्णाली नदीमा खसेको हो ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका २  सिस्ने भन्दा केही अगाडि कर्णाली क्रसर नजिकै म १ ख ६६० नम्बरको बस दुर्घटना भएको दैलेखका डिएसपी भूवनेश्वर तिवारीले जानकारि दिए । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।