
श्रावण २२, कालिकोट। मेरो बिचारमा स्वास्थ भन्दा ठूलो के नै छ र यहाँ न त हामिले भ्याक्सिन लगाउन पाएका छौ, नत सरकारले परिक्षा संचालन गरेकाे छ।
हामी सम्पूर्ण बिद्यार्थीलाई भ्याक्सिनको ब्यबस्था गराउनु पर्यो। हामी परिक्षा संग डराएको हैन हामिले परिक्षा त एकदिन पक्कै पनि दिनु पर्छ ढिलो होस् या चाडो तर हामी मात्र डराएका हौ कि कोरोना महामारी संग ,यदि हामी नै रहेनौ भने हाम्रो शिक्षाको के काम ।
यो महामारीमा हामिले पुरै भौतिक माध्यमबाट पढ्न पनि पाएका छैनौं , तपाईंहरु भन्न सक्नुहुन्छ। अनलाइन माध्यमवाट कक्षा संचालन भएको हो भनेर , यो कुरालाई पनि म सहजै स्विकार्छु । तर एकपटक सोच्न जरुरी छ तपाइँहरुले जहाँ अहिले सम्म 2G पुगेको छैन त्यहाँका विद्यार्थीले कसरी अनलाइन कक्षा लग्ने होलान।
ए सरकार काठमाडौ ,ललितपुर र भक्तपुरलाई मात्र नहेर एकचोटि फर्केर हुम्ला डोल्पा ,कालिकोट , मुगु, बझाङ बाजुरा जस्ता अन्य थुप्रै विकट जिल्लाहरुका बिद्यार्थीहरुले कसरी अनलाइन माध्यमबाट कक्षाहरु लग्ने होलान ? उनिहरुको पीडा कस्ले बुझिदिने अनि कस्ले सुनिदिने।
बिद्यार्थी नेताहरु कहाँ र कुन दुलोमा लुकेर बसेका छ्न ,आफ्नो स्वार्थमात्र नहेर्नुहोस यहाँ आम बिद्यार्थीहरु यो बेला रोहिरहेका छ्न्, तपाईंहरुलाई कसरी भनु म बिद्यार्थी नेता भनेर जवकी बिद्यार्थीको पिडामा बोल्न सक्नु हुदैन् आवाज बुलन्द गर्ने सक्नुहुदैन भने ?
अहिलेका बिद्यार्थी नेता जवकि इन्धनको भाडा बढ्दा राके जुलुस गर्दै बिरोध गर्ने अनि बिद्यार्थीको पीडा मा किन महोन बस्नु भएको छ यो मेरो प्रश्न छ?
बिद्यार्थी नेतालाई म के भन्न चाहान्छु भने,हाम्रो स्वास्थमाथी खेलवाड नगरियोस , हामिलाई परिक्षा केन्द्रमा उचित किसिमको स्वास्थ्य मापदण्डको ब्यबस्थापन गरियोस,साथैं हामी बिद्यार्थीलाई अलमलमा पार्ने काम बन्द गरियोस् र यस्को विकल्प बारे चाडै प्रतिक्रिया हामिमाझ प्रस्पोट्न गरियोस ।लेखक: राजेश हमाल काठमाडौं
#सन्दर्भ,CancelNEBExams



karnalipress
२२ श्रावण २०७८, शुक्रबार १४:५१