नेपाल मास्क अभियान कालिकोटमा जारी

ललित बिष्ट श्रावण २८,कालिकोट महामारी नियन्त्रण र रोकथाम मेरो प्रतिवद्धता, मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मुख्य नाराका साथ समुदाय–प्रहरी साझेधारीमा कार्यक्रम अन्तगत जिल्लाको खाँडाचक्र नगरपालिका वडान.५को मोल्फामा नेपाले मास्क अभियान अन्तरगत मास्क बितरण गरीएको छ।

अभियानमा मास्क लगाउयने उपाय, मास्क लगाउनुको महत्व तथा जनचेतना फैलाउने उदेश्यले नेपाल मास्क अभियान २३ गतेबाट सुरु भएको हो । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान सुरु गरेको थियो ।

बिहिबार जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले मास्कको उपयोगिताबारे जानकारी गराउँदै, सर्वसाधारणलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सुझाव तथा मास्क नलाएकालाई मास्क वितरण गर्दै सचेतना फैलाएको जिल्ला प्रहरी कार्यलय कालिकोटका निमित कार्यलय प्रमुख महेश बिक्रम शाहीले जानकारी दिनु भयो।

उहाँले भन्नु भयो ‘पछिल्लो समयमा कोरोना बिरामी दिनानुदिन बढ्दै गएका छन्, सर्वसाधारणबाट मास्क लगाउने क्रम घट्दै गएको छ।मास्क लगाउने नै अहिलेको मुख्य विकल्प हो सबैले मास्क लगाउनु पर्छ भन्ने उदेश्यले खाँडाचक्र नगरपालिकाको वडान.७ पिलिमा नेपाल मास्क अभियान सुरु गरिएको छ ।’ यो अभियान २९ सम्म संन्चाल हुने छ।