
असोज १५,कालिकोट। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कालिकोटको आयोजना र मानव अधिकार समुह खाँडाचक्रको समन्वयमा स्वास्थ्यको अधिकार सम्बन्धि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम शुक्रबार खाँडाचक्रमा सम्पन्न भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित स्वास्थ्यको अधिकार सम्वन्धि अन्तरक्रियामा खाँडाचक्र नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अविराज शाहीले नेपालको संविधान २०७२ धार ३५ ले दिएको स्वास्थ्यको अधिकारलाई परिपूर्ति गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाले संविधान वनेको तिन वर्षभित्र ऐन वनाई कार्यन्वयन गर्नु पर्ने प्रवाधान अनुसारनै नगरपालिकाले स्वास्थ्यको अधिकार परिपूर्ति गर्न लागि परेको वताउनु भयो । इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पारेपछि अन्तरक्रिया कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रममा खाडाँगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक विन्दाकुमारी शाहीले नगरपालिकाभित्रका स्वास्थ्य चौकि,स्वास्थ्य इकाइ,वर्थिङ सेन्टरहरुमा जनशक्ति,औषधी र उपकरणको अभाव रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा कार्यक्रममा स्वास्थ्य व्यवस्थापन कार्यालय कालिकोटका प्रतिनिधि जगदिश नेपालीले अस्पतालमा ४७ जनाको दरवन्धि रहेको भएपनि १४ जना मात्र स्वास्थ्यकर्मी कार्यरत रहेकोले जनशक्तिको ज्यादै कमि रहेको वताउनु भयो ।
कार्यक्रमका सहभागि सरोकारवालाहरुले नगरपालिकामा औषधी खरिदमा भएको ढिलाई,अस्पताल मा भवनको , औषधीको र उपकरणको अभावलागएतका समस्या समाधान गर्न नगरपालिकाको ध्यानाकर्ष गराउनु भएको थियो ।



karnalipress
१५ आश्विन २०७८, शुक्रबार १७:२५