राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती कालिकोटको संयोजकमा पुनः तुलाराम पाण्डे

कालिकोट २८,फाल्गुन। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति कालिकोटको संयोजकमा नेपाल पत्रकार महासंघ कालिकोटका पुर्व अध्यक्ष तथा सल्लाहकार बरिष्ट पत्रकार तुलाराम पाण्डे पुन चयन भएका छन । आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई शान्त ,मर्यादित र निश्पक्षताका भए नभएको अनुगमन गर्दै निर्वाचन आचार संहिताको पालाना गरे नगरेको अनुगमन गर्ने उद्देश्यले समितिको पुर्नगठन गरिएको हो ।

समितिको सह संयोजकमा महिला अधिकारकर्मीै दिपा खत्री, सचिवमा बालअधिकारकर्मी बाले बिश्वकर्मा , कोषाध्यक्षमा जमुना बजगाई लगाएत १५ सदस्य जिल्ला समितीको पुर्न गठन गरिएको हो । त्यसैगरी, सदस्यमा राजेन्द्र सहकारी, प्रकाशवहादुर शाही, मनकला बुढा मगर, निर्मला थापा, सबी राई, दलसिंह कुमाल, लिलाराज संज्याल, मनोज प्रसाद देवकोटा, लिलाराम न्यौपाने, हरिलाल विश्वकर्मालगायत चयन भएको समितीका सचिव बाले बिश्वकर्माले जानकारी दिनु भयो ।

सचिव बिश्वकर्माका अनुसार, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहितालाई राज्य र राजनैतिक दलहरुको तर्फवाट कार्यन्वयन भए नभएको पर्यवेक्षण गर्ने मुख्य उदेश्य रहेको छ, । त्यसैगरि समुदाय स्तरमा मतदाता शिक्षा समेत दिनमा सहयोग पुर्याउने समितीको जिम्मेवारी रहेको छ ।गठन कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी लगाएत जिल्ला स्थीत क्रियासलि पत्रकार,नगरीकसमाज लगाएतका सरोकारवालाको सहभागिता रहेको थियो ।