
ललित बिष्ट फागनु २३,मान्म । कर्णाली नदिमा लामो समयदेखि पुल नहुदा गाडी तार्न ड्रमको प्रयोग गनु पर्ने बाध्यता रहेको छ । कर्णाली नदिमा पक्की पुल नहुदा ड्रम प्रयोग गरेर गाडी ताने गरीयको हो ।
नदिमा पुल निमार्ण नहुदा स्थानियले गाडीको प्रयोग गर्न नपाएको वडान–९का अध्यक्ष टक बहादुर बमले बताए उनले प्रश्न गर्दै भने ‘कर्णाली नदिमा पुल कहिले बन्ला र यहाँका नागरिकलाई सहजरूपमा गाडी चढ्न पाईएला पुलको पर्खाईमा छ पलाँता’
कालिकोटको पलाँता गाउँपालिकालाई दुर्गम र बिकट भनेर वयान गरिन्छ । तर स्थानीय सरकारले ठुलो जोखिम उठाएर गाउँपालिका भित्र आफ्नै यातायात सञ्चालन गरेको अहिले दुई वर्ष पुग्यो । २०७६ साल फागुन १ गते कर्णाली नदीमाथि तेलका खाली ड्रमलाई चाजेर त्यसै माथि गाडीलाई राखेर कर्णाली नदीवाट ढुङगा सारे झै गरेर गाडी गाउँपालिका पुगाईएको थियो ।
कर्णालीमा विना फेरी, विना पुल तेलका खाली ड्रममाथि राखेर गाडी पार गरेको देख्ने जो कोहीले भने अव त माथिल्लो सरकारले देख्छ होला । तर दुई वर्ष बितिसक्दा पनि संघ र प्रदेश सरकारले पलाँताको दुख माथि फर्केर नहेरेको स्थानिय सुमन बमले बताए ।
पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले गाडी कर्णालीमा वगे थप राज्यलाई दवाफ हुन्छ, पार भएमा गाउँका नागरिकले यातायात सेवा लिन पाउछन भन्दै आफै खटिएर गाडी तारेको देख्ने धेरै साक्षि छन । पलाँता—७ का जगदिश बिष्टले अध्यक्षले हुदैन भनेको भए गाडी कर्णालीवाट तार्ने कुनै पनि शक्तीले नसक्ने वताए ।
अध्यक्षले गए गाउँपालिका तिर्छ गाडी जसरी पनी तार्ने र संघ तथा प्रदेश सरकारले अव पलाँतामा पुल वनाउनु पर्छ भनेर सोच्न वाध्य पार्ने हो भनेपछि चालक र अन्य युवाले ठुलो हिक्मत गरेर दुई वटा गाडी कर्णालीवाटै तेलका ड्रममाथि राखेर तारेको बिष्ट साक्षि छन् ।
फागुन १ गते जनयुद्ध दिवस पनि थियो । त्यही दिन गाडी तार्ने योजना गाउँपालिकाको भएकाले जिल्लावाट धेरै पत्रकार समेत पुगेका थिए । दिनको तीन वजे सम्म गाडी तार्न नसकेपछि पत्रकार सबै फर्किय तर गाउँपालिकाले गाडी तारेर वेलुका ६ वजे उत्सव मनाएको थियो । त्यसरी जोखिमका बिच गाडी कर्णालीवाटै तार्दा पनि कसैको ध्यान नपुगेको गाउँपालिकाको गुनासो छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले आफ्नो कार्यकाल सकिन लाग्दा पनि आस नमरेको वताए । कसैले सुन्लान र देख्लान पलाँती जनताकालागि भएपनि पुल वनाउने वजेटको ब्यवस्था गर्लान भनेर आफुले आफै नदीमा पसेर गाडी तारेको तर कसैले नसुनेको वताए । अध्यक्ष बमले पुलका लागि ठेक्का हुन्छ की भन्ने आस अझै पनि नमरेको सुनाए ।
यस्तै पुल नहुदा पुनः कर्णाली नदिमा पहिले जस्तै गरी यही फागुन १० गते पलाँता गाउँपालिका–१का अजबहादुर भण्डारीले खरिद गरेर ल्याएको नयाँ जिप पनि त्यसैतै गरी गाडी तारियो गाडी पुगे पछी स्थानियले बाजा गाजा बजाएर पर्छिएर गाडिलाइ ल्याउदै गर्दा पलाँता गाउँपालिका–१ ६२ वर्षीय परिलाल भण्डारको उही से–१ ज ९६० नम्बरको गाडीको ठक्करबाट कर्णाली नदी किनारामै ज्यान गयो । थप ९ जना घाईते भए ।
छिमेकीलाई सहयोग गर्नुपर्छ भनेर घरबाट गएका भण्डारीले फेरी फकेर आएनन् । कणाणली नदिमा पुल नभएकै कारण दुर्घटना हुने गरेको स्थानिय नमराज न्यौपानेले बताए । कर्णालीमा पुल नहुदा पलाँताका र पचालझरनाका नागरिकलाई निकै कठिन छ ।
राज्यले कर्णालीमा पुल वनाउन चासो दिएको छैन । तर कालिकोटका अन्य साहयक खोलामा भने ठेक्का भएर पुल वनाईरहेको पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।
कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री पचालझरना गाउँपालिकाको वासिन्दा भएकाले पनि धेरैले पुल वन्ने आसा गरेका थिए । उनि पदवाट वाहिर आउदा पनि आसा त मारेका छैनन । तर बिश्वास पनि गरेका छैनन । पलाँता सहित पचालझरना गाउँपालिका भित्रका १ देखि ५ वडाका नागरिक कर्णालीमा पुल नुहदा सहज यातायात सेवा पाउनवाट वच्चीत छन ।
karnalipress
२३ फाल्गुन २०७८, सोमबार १६:३४