
ललित बिष्ट भाद्र १४,कालिकाेट कर्णाली करिडोरको आम्तडामा भएको जिप दुर्घटनाका घाइते दुई जनालाई उद्धार गरिएको छ।दुर्घटना परी घाइते भएका मध्य रास्कोट नगरपालिका वडा नं ९ की वर्ष १८ की लक्ष्मी वराल र वर्ष २४ का टेक लुवारलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत सुर्खेत लगिएको हाे।
दुर्घटनाका घाइते मध्य लक्ष्मी वराल र टेक लुवारको अवस्था गम्भीर भएकाले हुदा हेलिकोप्टर मार्फत उद्धार गरि सुर्खेत पठाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
घटना लगतै हेलिकोप्टरको व्यवस्थापन भए पनि खराब मौसमले समस्या ल्याएको हुदा आज बल्ल हरेक चुनौतीका बिचमा नेपाली सेनाको ब्यारेकमा वसेर बिरामीलाई उद्धार गर्न सफल भएको उहाँले बताउनुभयो ।
आईतवार कर्णाली करिडोरको आम्तडामा भएको जिप दुर्घटना परी चालकको मृत्यु भएको थियो भने,१० जना घाइते भएका छन् । शान्नीत्रिवेणी गाउँपालिकाबाट जिते बजारका लागि छुटेको मानसरोवर रारा कर्णाली यातायातको क १ ज २३ नम्बरको वोलेरो जिप दुर्घटना भएको हो । घाइतेहरूको अहिले जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।



karnalipress
१४ भाद्र २०७८, सोमबार १५:२९