पलाँतामा ट्याक्टर दुर्घटना चार जनाको मृत्यु

ललित विष्ट। कालीकोटकाे पलाँता गाउँपालिकाे थिर्पूदेखि खाद्यान्न लगेर  खिन,धाैलागाेह जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मृत्युु हुनेमा पलाँता गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीया अम्मा शाही,वडा नम्बर ४ का ३८ वर्षीया सदु बुढा,साेही वडाका २३ वर्षीया रबिन्द्र विश्वकर्मा, र ट्याक्टर चालाक मुगुको खत्याडका चन्द्रप्रकाश रोकाया, रहेको प्रहरीले जनाएको छ।

राती-११:३० बजे पलाँता ९ थिर्पूबाट खिन जाँदै गरेको ट्याक्टर पलाँता गाउँपालिका-२ काे लार्फ गाउँ नजिक दुर्घटना परेको हाे।

घटनास्थलमै चालक सहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। ट्याक्टर दुई सय मिटर तल खसेकोले ट्याक्टर नम्बर पत्ता लगाउन कठिन भएको स्थानीयकाे भनाइ छ।