पत्रकार उपाध्याय र न्यौपानेलाई दिएको धम्की प्रती ध्यानाकर्षण

भाद्र ७,कालिकोट। अन्नपूर्णपोष्ट अनलाईनमा मिति २०७८भाद्र ६,गते र नागरिक दैनिक मिति २०७८ भाद्र,७ गते प्रकाशित कर्णाली प्रदेशका कृषि मन्त्री शाहीलाई बलात्कार आरोप शीर्षकको समाचारको विषयलाई लिएर सामाजिक संजालमा अपशब्दसहितको धमकी दिएको घटना प्रती नेपाल पत्रकार महासंघ कालिकोट र सुर्खेत शाखाले गम्भीर ध्यानाकर्षण गरेको छ।

पत्रकार नगेन्द्र उपाध्याय र बिस्नप्रसाद न्यौपानेले समाचार लेखेकै कारण कानुनी बाटाहरु अपनाउने प्रावधान हुँदा,हुदौँ  भौतिक आक्रमणको चेतावनी दिइनु जस्ता घटना प्रती गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उलेख गरीएको छ ।