बजारक्षेत्र सरसफाईः देखियो स्वच्छ र सफा

भाद्र २१,मान्म। कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको बजार क्षेत्रलाई सरसफाई गरीएको छ।सोमबार कर्मचारी मिलन केन्द्र कालिकोटको आयोजना तथा उद्योग बाणिज्य संघ,खाँडाचक्र नगरपालिका र नेपाल पत्रकार महासंघ कालिकोटको समन्वयमा जिल्लाको जिरो पईन्टबाट प्रतिमा चोक सम्मको बजार क्षेत्रलाई सफा गरीएको हो।

कायक्रममा प्रमुख जिल्ला अधिकारी कुष्ण प्रसाद आचार्या,स्वास्थ्यक्रमी,नेपाल प्रहरी,पत्रकार,सशस्त्र प्रहरी,नेपाली सेना,ब्यापारी लगायतले बजार क्षेत्रको फोहोस सफा गरी ब्यावस्थापन गरेको खाँडाचक्र  नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले बताउनु भयो।बजार क्षेत्र सरसफाई गरीसके पछी अहिले बजार स्वच्छ र सफा देखिएको डाक्टर कटक महतले जानकारी दिनुभयो।आगामि दिनमा पनि बजारमा बसोवास गर्ने नागरीकहरुले फाेहोरलाई आफै ब्यावस्थापन गर्न सकेमा स्वच्छ र सफा बजार देख्न सकिने बताईएको छ।