
जेठ १ कालिकोट। वैशाख ३० गते स्थानीय र दलहरू बिच भएको विभिन्न विवादका कारण मतदान स्थगित गरिएको कालिकोटको दुई पालिकाका दुई स्थानमा आज पुनः मतदान भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रास्कोट नगरपालिकाको वडा नं ४ र पचालचझरना गाउँपालिकाको वडा नं ३काे एक एक मत केन्द्रमा मतदान स्थगित भएको थियो ।
अहिलसम्म ती दुवै स्थानमा शान्तिपूर्वक रुपमा मतदान भइरहेको छ भने आज राति देखि नै त्यहाँको मत गणनाको प्रक्रिया सुरु गरिने बताइएको छ ।



karnalipress
१ जेष्ठ २०७९, आईतवार १४:३५