
कालिकोट, २३ असोज । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला ईन्चार्ज कुर्मराज शाहीलाई गठबन्धनले टिकट नदिएपछि एमाले प्रवेश गरेर उम्मेदवारी दता गरेका छन्। कालिकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर (क)मा गठबन्धनले उनलाई टिकट नदिएपछि उनले एमाले प्रवेश गरेका हुन्।
फ्लोरक्रस गरेर आफुले गठबन्धनलाई जोगाउदा पनि गठबन्धनले आफुलाई नटेरेको कारण आफुले एमालेमा प्रवेश गरेर उम्मेदवारी दिएको नेता शाहीले बताए । २०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भएका शाही नेकपा विभाजनपछि फ्लोरक्रस गरेर समाजवादीमा बसेका थिए।



karnalipress
२३ आश्विन २०७९, आईतवार १८:५१