
भाद्र २२,कालिकोट। जनपत्रकार संगठन नेपाल कालिकोटको दोस्रो जिल्ला सम्मेलन सोमवार सदरमुकाम मान्ममा नया नेतृत्वको निर्वाचित गर्दै भव्यताका साथ सम्पन्न भएको छ ।“आस्था विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको शुनिश्चितता,श्रमजीविको हकहित जनपक्षीय पत्रकारिताको विकासमा हाम्रो प्रतिवद्धता ” भन्ने मुलनाराका साथ दोस्रो जिल्ला सम्मेलन ऐतिहासीक रुपमा सम्पन्न भएको हो ।
सम्मेलनको बन्दसत्रले खडक विश्वकर्माको अध्यक्षतामा दुई सदस्सय पछि थप्ने गरि १५ सदस्सीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष जनसरा ऐडी,सचिव कर्ण परियार, सहसचिव पम्फा वि.क., कोषाध्यक्ष सोविना वि.क.रहनु भएको छ ।यस्तै अन्य जिल्ला कार्यसमितिका सदस्यहरुमा धिर वहादुर फर्साल, विकास वि.क.,चिरन्जिवी तिरुवा, रत्न न्यौपाने,वहादुरे वि.क.,रेशम वि.क., प्रकास साँउद र रामप्यारी वि.क. रहनु भएको छ ।
सम्मेलनको वन्द सत्रको प्रमुख अतिथि तथा विप्लव नेतृत्वको नेकपा कालिकोटका जिल्ला इन्चार्ज कर्ण भण्डारी (विराट)ले सम्वोधन गर्दै नेपालमा संसदीय व्यवस्था पूर्ण असफल भएको दावी गर्नुृ भयो ।नेकपाको केन्द्रीय सदस्य समेत रहनु भएका विराटले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने पत्रकारिता नेपालमा आवश्यक भएको वताउनु भयो ।
उहाँले लोकतन्त्र र प्रजातन्त्रको उत्कृष्ट अभ्यास चुनाव भएकाले अव व्यवस्था परिवर्तनको चुनावका लागि संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसंग्रहमा जानु पर्ने धारणा राख्नु भयो । उहाँले भन्नु भयो “वैज्ञानिक समाजवाद कुनै नेकपाको मात्र नारा होइन, यो त सवै गरिव श्रमजीवि सर्वहारावर्गको नारा हो सवै कम्युनिष्टहरुले भन्दै आएको नारा हो ।”
यस्तै सम्मेलनको उद्घाटन सत्रमा नेकपाका जिल्ला सेक्रेटरी रणदिपले सम्वोधन गर्दै वैज्ञानिक समाजवादको विकल्प नभएको भन्दै जनमसंग्रहमा जानु पर्ने वताउनु भयो । उहाँले देश लुटिखाने व्यवस्था भएकाले पुजीपतिवर्गको लुटिखाने व्यवस्थालाई पत्रकार,वुद्धिजीवी,वकिल,देशभक्त,क्रान्तिकारी सवै मिलेर हटाउनु पर्ने धारणा राख्नु भयो ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भरतराज विष्टले पुजीवादी व्यवस्था र जनताको व्यवस्था विच संघर्ष हुने गरेको वताउनु भयो । पत्रकारहरुले निष्पक्ष भएर सुचना सम्प्रेसण गर्न पनि विष्टले आग्रह गर्नु भयो ।by-jwalakhabar




karnalipress
२२ भाद्र २०७८, मंगलवार ०७:११