
चेैत १६,कालीकोट । विपद जोखिम न्युनिकरणका लागि सरोकारवाला निकासंग समन्वयात्मक बैठक बुधवार जिल्ला प्रशासन कार्यालय कालिकोटमा सकियको छ ।
यु एस ए आडि,मसीकोर,भकारी परियोजनाको आर्थिक सहयोग मानवअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट सहजिकरण तथा जिल्ला प्रशासन कार्यालय कालिकोटको समन्वयमा बैठक संचालन गरिएको जनाइएको छ ।
सरोकारवाला लाई विपद जोखिम न्युनिकरणका बारेमा जानकारी गराउने,आगलागी नियन्त्रणको कारवाहीलाई,थपव्यवस्थित,सुरक्षित तथा प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाहरु संग आवश्यक समन्वय सहकार्य गर्ने उदश्यले बैठकको आयोजना गरीएको हो ।
कार्यक्रमा आफ्नो भनाइ राख्दै कार्यक्रका सभा अध्यक्ष एवम् मानवअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले हाल भकारी परियोजनाले,भकारी परियोजनाको कार्यक्षेत्रमा प्राकृतिक प्रकोपहरु तथा जलबायु परिवर्तनको जोखीम विश्लेषण गरि जोखीम कम गर्ने क्रियाकलपाहरु गरेको बताउनु भयो साथै उहाँले योजना निर्माण,कार्यान्वयन,समुदाय र पालिका स्तरमा काम गरीरहेको पनि बताउनु भयो बुढाले भन्नु भयो ।
प्राकृतिक प्रकोप वा बिपद् जोखीमको हिसावले अति जोखीमा रहेको समुदायहमा आधारित बिपद जोखिम न्यूनिकरण र राहत तथा सहयोगका क्रियाकलापहरु पनि परियोेजनाले संचालन गरिरहेको बताउनु भयो ।कार्यक्रममा आफ्नो भनाइ राख्दै कार्यक्रमका प्रमुख अथिती एवम् प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले कालिकोट जिल्ला भौगोलिक हिसावले विकट तथा बिपदको हिसावले पनि अति संवेदनशिल जिल्ला भएको बताउदै सबै सरोकारवालाहरुले एक सहयोग गनुपर्ने बताउनु भयो ,प्रमुख जिल्ला अधिकारी शर्माले यस जिल्लाका पहिरो,झाडापखाला,महामारी,बाढी,आगलागि जस्ता विपदहरु बाट थुप्रैले ज्यान गुमाउनु परेको बताउनु भयो ।
अब यसबाट बच्न सबै सरोकारवाला लाई सकारात्मक सोचका साथ लाग्न अनुरोध समेत गर्नु भयो । आज भएको बैठकले यहि महिनाको २३ र २४ गते कालिकोटमा बढि सम्भावना रहेको आगलागि सम्बन्धि सिमुलेसन अभ्यास तथा विपद् प्रतिकार्य अभ्यास गरिने बैठकले निर्णय गरेको छ । २३ गते पहिलो दिन समिक्षा तथा सहभागिलाइ आगलागि नियन्त्रण सम्बन्धि जानकारी गराइने छ भने दोस्रो दिन अर्थात २४ गते कालिकोट जिल्लाको दुर्गा मन्दिर क्षेत्र,कोटदर्वार क्षेत्रमा आगलागि नियन्त्रणको कारवाहीलाई,थपव्यवस्थित,सुरक्षित तथा प्रभावकारी सम्बन्धि डेमो प्रदसनि गरिने भएको छ ।
कार्यक्रमा कालिकोट जिल्ला स्थीत सबै सुरक्षा निकायका प्रमुख,सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि ,संचारकर्मि लगाएतका विपद्को क्षेत्रमा काम गर्ने निकाएका सरोकार वालिको सहभागिता रहेको हुरेन्डेक नेपाल कालिकोटका कार्यसमिती सदस्य तथा नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले जानकारी दिनु भयो । कार्यक्रमको संचालन भकारी परियोजना कालिकोटका डि आर आर अफिसर खेमराज खनालले गनु भएको थियो ।



karnalipress
१६ चैत्र २०७८, बुधबार १८:४१