तिलागुफा नगरपालिकाको १२औं नगरसभा उद्घाटन

ललित विष्ट २८ माघ,कालिकोट । तिलागुफा नगरपालिकाको हिँउदे नगर सभा उद्घाटन भएको छ । नगरपालिकाकाले ११ औँ नगरसभामा गरेका निर्णय तथा बजेटको समिक्षा संगै आगामी दिनमा गरिने क्रियाकलाप बारे जानकारी र प्रगती प्रतिवेदन समेत पेश गरिएको हो ।

चालु आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाको वार्षिक बजेटले लिएका उद्धेश्य माथि नगर उप—प्रमुख महेन्द्रबहादुर शाहीले प्रष्ट पादै नगरबासीहरुको न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्दे जाने,आर्थिक भौतिक,सामाजिक र वातावरणीय क्षेत्रमा दीगो पूर्वाधार विकास मार्फत समुन्नत र सुदृढ नगर बनाई राष्ट्रको विकासमा टेवा पुयाउने लक्ष रहेको शाहीले बताए ।

उप—प्रमुख शाहीका अनुसार उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग गर्दे सन्तुलित र न्यायोचित वितरण गर्ने,विकास सहयात्रीहरु सँगको निरन्तर सहकार्य मार्फत रोजगारीका अवसरहरु सिर्जना गर्ने,रोजगारी श्रृजना तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा मौलिक हकको रुपमा रहेको न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्ने नगरपालिकाको लक्ष रहेको बताएका छन्।

चालु आर्थिक वर्षमा शिक्षा,यूवा तथा खेलकूद विकास, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाई विकास, पशु तथा कृषि विकास,वन,वातावरण, सरसफाई एवं हरियाली तथा विपद् व्यवस्थापन,सहकारी तथा रोजगार प्रवद्र्धन,यूवा तथा खेलकूद र सूचना प्रविधि र डिजिटल सेवा प्राथमिकतामा रहेको नगर प्रमुख शंकर प्रसाद उपाध्यायले बताए ।

नगरपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकार,प्रदेश सरकार, र नगरपालिकाको आन्तरिक श्रोतबाट एघारौं सभाले प्रक्षेपण गरेको कूल बजेट ६१ करोड ९० लाख ८४ हजार ५सय ७ रुपैया मात्रको श्रोत अनुमानबाट चालु खर्च तर्फ ५९ करोड ८४ हजार ५सय ३७ रुपैया तथा पूँजीगत खर्च तर्फ २ करोड ९० लाख विनियोजन गरिएको थियो । संघीय सरकारबाट समानीकरण ११ करोड २९ लाख ,राजस्व बाँडफाँड आठ करोड छयानब्बे लाख,सशर्त अनुदान २४ करोड ५० लाख पचास हजार,समाजिक सुरक्षा तर्फ,आठ करोड ६२ लाख छ हजार रहको उप—प्रमुख शाहीले प्रस्तुत गरेको प्रतिवेदनमा छ ।

प्रदेश सरकार समानीकरण एक करोड तेह्र लाख अन्ठानब्बे हजार,सशर्त अनुदान दुई करोड एकतीस लाख साठी हजार ,सम्पूरक अनुदान रकम एक करोड ,विशेष अनुदान अनठाउन्न लाख छयासी हजार रहेको छ ।

नगरपालिकाको आन्तरिक आय श्रोत अल्या सहित रु ४ करोड,९३ लाख,८२ हजार,२ सय ५८ रुपैया गरी जम्मा संघीय सरकार, प्रदेश सरका तथा आन्तरिक आय गरी थप अख्तियारी प्राप्त बजेट समेत गरी कूल जम्मा रकम ६२ करोड ९५ लाख तीस हजार दुई सय अन्ठाउन्न रुपैया उन्नचालीस पैशा मात्र रहको छ ।

एघारौं नगर सभाले लक्षित गरेका क्षेत्रगत निति तथा कार्यक्रमहरुलाई हालको मिति सम्म करिब ३५ प्रतिशत वित्तिय प्रगति र ५० प्रतिशत भौतिक प्रगति हाँसिल गरेको नगर उप प्रमुख महेन्द्र बहादुर शाहीले बताएका छन् । १२ औ नगरसभा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीको प्रमुख आथित्यता,नगर प्रमुख शंकर प्रसाद उपाध्यायको अध्यक्षता तथा अन्य सरोकारवालाहरुको उपस्थितमा नगरसभा उद्घाटन गरिएको छ ।