मन्दिर निर्माण पछि हस्तान्तरण

कालीकाेट। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-६ मा रहेको सरस्वती  माध्यमिक विद्यालय,मेहलमुडीको हाताभित्र सरस्वति मन्दिरको उद्घाटन गरिएको छ।

शुक्रबार विद्यालयमा अध्यापन गराउने  विज्ञान  शिक्षक सुमित जैसीले आफ्नै खर्चमा विद्यालयमा सरस्वती पूजाको लागि मन्दिर निर्माण गरेर विद्यालय परिवारलाई हस्तान्तरण गरेका छन्।

२०४५ सालमा स्थापना भएको सरस्वती  माध्यमिक विद्यालयमा अहिले सम्म मन्दिर थिएन, उनले आफ्नै लगानीमा विद्यालयलाई मन्दिर निर्माण गरेर हस्तान्तरण गरेकाे   प्रधानाध्यापक चन्द्रसिंह सावदले बताए । मन्दिर निर्माणपछि विद्यालय परिवार र विद्यार्थी खुसी भएका हुन् ।

विज्ञान शिक्षक समेत रहेका जैसीले कोभिडको समयमा दैलेखको आठबिस नगरपालिकाको १ देखि ९ वटै वडामा स्वास्थ्य सामग्री र खाद्यान्नसमेत सहयोग गरेका थिए । युवा नेताका रूपमा चिनिने उनले विद्यालयमा विद्यालय परिवारलाई र विद्यार्थीको सहजताको लागि आफ्नै लगानीमा मन्दिर निर्माण गरेको बताएका छन्।

विद्यालयमा ४५ हजारको लागतमा सरस्वतीको मन्दिर निर्माण पश्चात विद्यालय परिवार र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभु धामी लगायतले सम्मान समेत गरेका छन्।