जीवनकाे अन्तिम समयसम्म पनि कालिकाेटबासीकाे सेवामा लाग्छु-काँग्रेस युवा नेता शाही

श्रावण २१,कालिकाेट । नेपाली काँग्रेस कालिकोटका युवा नेता भुपेन्द्रजंङग शाहीलाई नेपाल पत्रकार महासंघ कालिकोटले स्वास्थ्य लाभकाे कामना गरेको छ।केही महिना अघिमात्र हृर्दयघात भएर गम्भीर अप्रेशनबाट मृत्यु जितेर कालिकाेट आएकाे अवसरमा नेपाल पत्रकार महासंघ कालिकाेटले बिहिबार काँग्रेस युवा नेता तथा नेपाल तरुण दलका केन्द्रीय महासचिव शाहीकाे स्वास्थ्य लाभकाे कामना गरेको हाे ।

नेपाल पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्टकाे अध्यक्षता, नेपाली काँग्रेसका युवा नेता तथा सुन्दर कालिकाेट समृद्व कालिकाेटका सपनाकार भुपेन्द्रजंग शाहीकाे प्रमुख आतिथ्यता, प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्ल, नेपाल प्रेस युनियन कालिकाेटका अध्यक्ष तथा शिक्षा पत्रकार समुहका कर्णाली प्रदेश सचिव बिस्नप्रसाद न्याैपाने, नेपाल पत्रकार महासंघ कालिकाेटका सचिव खडानन्द अधिकारी, पर्यटन पत्रकार संघ कालिकाेटका अध्यक्ष प्रेमराज सिम्खडा ,अनलाइन न्युज खबरका अध्यक्ष बिश्वनाथ सिम्खाडा,कर्णाली प्रेसका संन्चालक ललित बिष्ट लगाएतका जिल्लामा क्रियाशील पत्रकार र नेपाली काँग्रेसका संगठन बिभाग प्रमुख नन्दबहादुर शाही, नेविसंघका उपाध्यक्ष जगतजंग बिष्टकाे उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम गरिएकाे थियो।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्टले मृत्यु जितेर जिल्ला फर्किएका काँग्रेस नेता शाहीकाे स्वास्थ्य लाभकाे कामना गर्ने महासंघले भेटघाट कार्यक्रमकाे आयाेजना गरेकाे बताउनुभयाे । उहाँले कालिकाेटका स्वर्गीय पत्रकार नमराज शर्मा बसन्तकाे नाममा पत्रकारिता पुरस्कार स्थापना गर्न महाँसंघलाई ५० हजार नगद सहयाेग गर्नुका साथै कालिकाेटका पत्रकारहरुकाे सुख दुखमा साथ दिने नेता भएकाले उहाँकाे सुख दुखमा पनि कालिकाेटका पत्रमारहरुले साथ दिने बताउनुभयो  ।

कार्यक्रममा बाेल्दै नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कालिकाेटमा क्रियाशील पत्रकार तथा संचार माध्यमकाे जिल्लाकाे समग्र विकास निर्माणमा ठुलाे भुमीका रहेकाे बताउनुभयाे। उहाँले आफुले भाेगेकाे बिराम कसैलाई पनि भाेग्नु नपराेस भन्दै सबैले आफ्नाे स्वास्थ्यलाई ख्यालगरि काम गर्न आग्रह गर्दै। भन्नु भयाे, सुन्दर कालिकाेटलाई समृद्व बनाउने मेराे सपना बाँकी नै छ । २०७० सालमा भएकाे दाेस्राे संविधान सभा निर्बाचन र २०७४ सालमा भएकाे प्रतिनिधि सभा निर्बाचनमा पराजय भए ,म अहिलेसम्म राज्यकाे सामान्य पदमा पनि जान सकेकाे छैन तर पनि याे जिल्लाकाे विकास निर्माण, सामाजिक सेवा र जनताकाे सुख दुखमा साथ दिने अभियान जारी नै राखेकाे छु ।आगामी दिनमा कुनै पनि राज्यकाे पदमा जाने अवसर कालिकाेट बासीबाट प्राप्त गरे,भने आफ्नाे जिवनकाे अन्तिम समयसम्म पनि कालिकाेटकाे विकास निर्माण र कालिकाेटका जनताकाे सुख दुखमा साथ दिने प्रतिबद्वता गर्नुभयो ।

कार्यक्रममा प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य कालिबहादुर मल्ल र नेपाल प्रेस युनियन कालिकाेटका अध्यक्ष बिस्नप्रसाद न्याैपानेले काँग्रेस युवा नेता भुपेन्द्रजंग शाहीकाे पुर्ण स्वास्थ्य लाभकाे कामना गर्दै कालिकाेटकाे संचार क्षेत्रकाे विकासमा सहयाेग र समन्वयकाे अपेक्षा राख्नु भयकाे थियो । उहँले काँग्रेस नेता शाही कालिकाेटका सबै बिचारमा आवद्व पत्रकारहरुको प्याराे नेता भएकाले कालिकाेटका सबै पत्रकारहरुकाे साथ रहेने बताउनुभयो । कार्यक्रममा सबै पत्रकारहरुले मृत्यु जितेर जिल्ला फर्किएका काँग्रेस नेता शाहीलाई अभिर लगाएर स्वास्थ्य लाभकाे कामना गरेका थिए ।