
कार्तीक १८ कालिकोट। असोज १९ गते देखी परेको अबिरल वर्षाका कारणले अबरुद्ध कणाली करीडोर जारकोट सम्म खुलेको छ । नरहरीनाथ गाउपालिकाको–१ लालिघाटदेखि पचालझरनाको जारकोट सम्म सडक खुलेको मानस्वरवर यातायता प्रा.लीका ईन्चार्ज ललित बमले जानकारि दिए ।
शान्नि त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध कर्णाली करिडोरको पहिरो तिन दिन अघिदेखि पन्छ्याउन थालिएको थियो । भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो ।
अहिले पहिरो खस्न कम भएपछि करीरोडको लुसा खण्ड खुलाएर सडक पचालझरनाको जारकोट सम्म संचानमा आएको छ ।असोज १९ गते देखी परेको अबिरल वर्षाकाकोे बाढिपहिरोले ठाउँ-ठाउँमा बन्द भएको थियो



karnalipress
१८ कार्तिक २०७९, शुक्रबार २१:१५