सेवा सहज वनाउन कालीकोट प्रशासनमा खोप

१५ माघ, कालीकोट।  जिल्ला प्रशासन कार्यालय कालीकोटले आफ्नो कार्यालयको हाता भित्रै कोरोना बिरुद्धको खोप लगाउन सुरु गरेको छ ।

प्रशासन कार्यालयले खाँडाचक्र नगरपालिकासंगको समन्वयमा प्रशासन कार्यालयको हाताभित्र खोप केन्द्र राखेर सेवा लिन आएका नागरिकलाई खोप दिन सुरु गरेको हो ।
कोरोनाको तेस्रो लहर चलिरहेका वेला खोप कार्ड अनिवार्य गरेको प्रशासनले नागरिकलाई सेवा लिन सहज होस भनेर हाताभित्र खोप केन्द्र सञ्चालन ल्याएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका साहयक प्रमुख जिल्ला अधिकारी देवेन्द्रराज श्रेष्ठले कुनै पनि सरकारी कार्यालयवाट सेवा लिन आउदा कोरोना बिरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेपछि खोप लगाउन चासो नदिएका नागरिकहरु समस्यामा परेका कारणले आफुहरुले यस्तो ब्यवस्था गरेको वताए।

प्रजिअ श्रेष्ठले खोप नलगाएका नागरिक सुरुमा आउने प्रशासनमा हुन । अनि यतै खोप लगाउछन, आफ्नो कार्यालयवाट लिने सेवा लिन्छन, त्यही कार्ड वोकेर अरु कार्यालयमा सेवा लिन पनि सहज होस भनेर नगरपालिकासंगको समन्वयमा खोप केन्द्र स्थापना गरेको वताए । जिल्ला प्रशासन कार्यालय कालीकोटमा सुरु गरिएको खोप केन्द्रमा पहिलो दिन ४१ जनाले सेवा लिएका छन् ।

खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले खोप लगाउन नमान्ने, चासो नदिनेहरुलाई अनिवार्य खोप लगाउन घरमा जानु भन्दा प्रशासनमा खोपकेन्द्र राख्दा सेवा लिन आउदा अनिवार्य लगाउने भएकाले प्रशासनमै खोप केन्द्र सञ्चालन गरेको वताए ।

धेरै पटक सुचना गर्दा पनि खोप लगाउन नआउनेहरु प्रशासनमा बिभिन्न सेवा लिन आउदा खोप कार्ड अनिवार्य खोज्ने भएकाले वाध्य भएर खोप लगाहुन भनेर पनि यस्तो योजना वनाएको प्रमुख सेजुवालको भनाई छ । कालीकोटमा कोरोना बिरुद्धको खोप लगाउन नागरिकले खासै चासो दिएका छैन्।

वारम्वार खोप लगाउन सुचना गर्दा पनि खोप केन्द्रमा नआउने भएकाले खोप लगाउनेको संख्या न्युन छ । सरकारी कार्यालयमा खोप कार्ड अनिवार्य गरेपछि केही सुधार भने भएको स्वास्थ्यक्रर्मीले वताएका छन ।