
ललित बिष्ट श्रावण २८,मान्म । बालमैत्री रचना, खेलकुद तथा साहित्यक क्लबकाे आयोजना र जिल्ला खेलकुद बिकास समितिकाे समन्वयमा 5Aसाईड खुल्ला फुटबल प्रतियोगितामा खाँडाचक्र नगरपालिका वडा नं ७ पिलीको टिम प्रथम भएको छ।
बालमैत्री रचना, खेलकुद तथा साहित्यक क्लबले श्रावण २५ गतेदेखि आयोजना गरेको 5A साईड खुल्ला फुटबल प्रतियोगितामा खाँडाचक्र नगरपालिका वडा नं ७ पिलीको टिमले प्रथम स्थान हात पारेको हाे ।
कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका ७ पिलि ले फाइनल मा आयोजक टिम बालमैत्री रचना खेलकुद तथा साहित्य क्लबलाई २.१ काे गाेलले पछी पार्दै बिजेता भएको थियो ।
खाँडाचक्र नगरपालिका ७ को टिम म्यानेजर दिनेश शाही (डिजे), कोच जिवा मल्ल र खेलाडीहरुमा सोदेश शाहीलगाएतका खेलाडी हरु रहेका थिए ।
कार्यक्रममा १४ टिमको सहभागी रहेको र कार्यक्रममा प्रथम हुने टिमलाई २५ हजार नगद सहित कप लगाएत अन्य पुरस्कार र उप बिजेतालाई १४ हजार नगद र अन्य कप,म्याडलहरु जिल्ला खेलकुद बिकास समितिका सदस्य सचिव हरिबहादुर शाही र कराँते गुरु सुमन शाहीले हस्तान्तरण गरेको क्लबका अध्यक्ष प्रकाश बरालले जानकारी दिनुभयो ।



karnalipress
२८ श्रावण २०७८, बिहीबार ०८:४०