खुलालु सल्लीसल्ला सडक रेकदेखमा समस्या

 श्रावण १६,कालिकोट भरखरै निमार्ण सम्पन्न भएको लालु लैफु हुदै हुम्लाको सल्लीसल्ला सम्मको कर्णाली करिडोर कसले हेर्ने भन्ने एकिन हुन सकेको छैन । निमार्ण सम्पन्न पछि कर्णाली करिडोर गत असार ३१ गते नेपाली सेनाले सडक बिभागलाई हस्तान्त्रण गरेको छ । सडक बिभागले कर्णाली करिडोर जुम्ला सडक डिभिजनले हेर्ने की सुर्खेतले हेर्ने एकिन नगर्दा अन्यवल्ता सृजना भएको छ ।

 

वर्षातको समयमा करिडोरका बिभिन्न ठाउँमा पहिरो झरेका कारणले नागरिक समस्यामा छन । पहिरो कसले हटाउने, करिडोरको जिम्मेवारी निकाय को हो भन्दै नागरिक प्रश्न गर्न थालेका छन । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर बमले ठाउँ ठाउँमा गएको पहिरो बिगतका वर्षमा सडक निमार्णको जिम्मा लिएको नेपाली सेनाले लिने र उसले स्थानीय सरकारसंगको समन्वयमा पहिरो पञ्छाउने गरेको थियो ।

सार ३१ गते सेनाले सडक बिभागलाई करिडोर वुझाएको भन्दै आफुमा कुनै श्रोत पनि नभएको र भत्केको वनाउन नसक्ने भन्दै आएकाले सडक कसले मर्मत गर्ने भन्ने एकिन नहुदा आफुलाई पनि समस्या भएको अध्यक्ष बमले वताउनुभयो । उता सडक डिभिजन कार्यालय जुम्माका प्रमुख इन्जीनियर लिलावहादुर भण्डारीले करिडोर बिभागले आफ्नो स्वामित्वमा लिएको तर कसले हेर्ने कुन कार्यालयलाई जिम्मा दिने भनेर एकिन नभएको वताउनुभयो ।

 

प्रमुख भण्डारीले भरखर हस्तान्त्रण भएकाले पनि करिडोर हेर्ने कुन कार्यालय हुने भनेर एकिन गर्न नसकेकाले ढिलो भएको हुन सक्ने प्रतिक्रिया दिनुभयो । इन्जीनियर भण्डारीले करिडोरका लागि छुट्टै अर्को कार्यालय स्थापना गर्छ वा सुर्खेत जुम्ला मध्य कसलाई हेर भन्छ त्यस पछि मात्र जिम्मेवारीका साथ करिडोरको रेखदेख हुने वताउनुभयो ।

अहिले यो संक्रमणकालमा नेपाली सेना हुदा सम्म उसैले स साना समस्याको समाधान गर्नु पर्ने सडक डिभिजन कार्यालयको तर्क छ । तर आधिकारीक निकाय नभएकाले करिडोरका बिभिन्न ठाउँमा आएको पहिरोले गर्दा यातायात सञ्चालनमा समस्या भईरहेको ब्यवसायीहरुले वताएका छन ।

आज मात्र पचालझरनाको वडा नं ६ को एक ठाउमा पहाड फुटेका कारणले नागरिकलाई समेत आउजाउ गर्न कठि भईरहेको छ । पचालझरनाका कृष्ण वमले पहिरोका कारण गाडी त चल्दैन थिए मान्छे हिड्न समेत समस्या भएको वताउनुभयो ।