फागुन १८, कालिकोट।
कालिकोटको पलाँता गाउँलिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ । गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। पलाँता गाउँपालिका–४ छलाँहा गाउँमा गाडी पुगेपछि स्थानीय बासिन्दाले खुसीयाली मनाएका छन्।
र्थिपु राडुनेटा,पुलाँहा हुँदै छलाहा सडकको डोरी देखी ३ किलोमिटर ट्याक खुलेसँगै गाडी लगिएको हो । वर्षौंदेखि गाउँबाट गाडी चढ्ने सपना अब पूरा भएको स्थानीयले बताएका छन्। पलाँता गाउँपालिकाको रु ६० लाख लगानीमा सडक निर्माण भएको हो ।
गाउँपालिका अध्यक्ष बिष्णु बहादुर रोकायाले गाउँपालिकाको गाडी गलेर छलाँहा पुगेपछि स्थानीयले भब्य स्वागत गरेका छन्। हुर्किदै गरेको गँहुबाली सडकले नष्ट गरेकोमा गाउँलेलाइ कुनै पश्चताप छैन । दिन भरको उकालो बाटोमा पानी समेत नखाई पिठ्यिुमा नुन र चामल भोग्नु परेको पिडा अन्त्य भएकोमा उनीहरु खुशी छन्।
स्थानीयको खुशी सधै टिक्ला वा नटिक्ला त्यो स्थानीय सरकारको कार्यदक्षतामा भर पर्ने देखिन्छ । गाउँमा पहिलो पटक गाडी पुगेपछि धेरै खुशी लागेको स्थानीय जैमल बुढाले बताए । पलाँताको वडा नं ६,७,८ का केही भ–ुभाग र वडा नं ५ बाहेक अन्य सबै वडाहरुको केही भागमा सडक संजालमा जोडिएका छन्। यसै बर्ष ५ नं वडा सडक संजालमा जोड्ने तयारीका साथ काम भइरहेको गाउँपालिकाका प्रबक्ता तिलक बुढाले जनाएको दिए ।
karnalipress
२० फाल्गुन २०७९, शनिबार ०८:३०