कर्णाली करिडोरको प्रवेशद्धार सडक मर्मत

ललित विष्ट फागुन ९,कालीकोट । कर्णाली करिडोरको प्रवेशद्धार सडक मर्मत गरिएको छ। खुलालु कर्णाली नदीमाथि बनेको पक्की पुलको दायापट्टीको सडकको मर्मतको काम सम्पन्न भएको छ । पुलमा प्रवेशगर्ने ओरालो सडक मर्मत नहुदा यातायातका साधनलाई निकै जोखिममा हुने गरेको थियो । पछिल्लो समयमा सडक डिभिजन कार्यालय जुम्लाले यो सडक मर्मत गरेपछि यात्रा सहज भएको नरहरिनाथका गणेश विष्टले बताए ।

कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ८ मा पर्ने खुलालुमा सडक खनेको १३ वर्षपछि खुलालुमा पक्की पुल बनेपछि हुम्ला कर्णाली करिडोर सुचारु भएको थियो । दैनिक सञ्चालनमा आउने सवारी साधन पुलको दायाँ क्षेत्रमा रहेको ओरालो सडक जोखिमका कारणले घण्टौ सास्ती पाउने गरेका थिए । अहिले उक्त सडक मर्मत भएपछि यात्रायतका साधनलाई सजिलो भएको छ ।

न्यून बजेट विनियोजन,निर्माण व्यवसायीले बिल पेश गरेको समयमा भुक्तानी गर्न नसकिनु,कठिन भूगोल,स्रोत साधनको अभाव इत्यादि चुनौतीहरूका बीच यो सडक सुधार भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

यो पनी पढ्नुस्

कर्णाली करिडोर प्रवेश द्धार जोखिम सडक मर्मतमा बेवास्ता