कर्णाली करिडोर प्रवेश द्धार जोखिम सडक मर्मतमा बेवास्ता

जेष्ठ १८,कालिकोट।  कर्णाली करिडोरको प्रवेश द्धार खुलालु कर्णाली नदीमाथि बनेको पक्की पुलको दायापट्टीको सडक मर्मतमा कसैले पनि चासो दिएका छैनन । पुलमा प्रवेश गर्ने ओरालो सडक मर्मत नहुदा यातायातका साधन निकै जोखिममा छन ।

पुल बनाउने निमार्ण कम्पनीले आफ्नो जिम्मेवारी नभएको भन्दै पन्छीएपछि सडक बिभागले आफै बनाउने आसपासन दिएको थियो । तर पछिल्लो समयमा सडक डिभिजन कार्यालय जुम्ला र सिमकोट हिल्सा हुम्लाले एक अर्काको जिम्मेवारी भएको भन्दै पन्छीएपछि यो सडक मर्मत झन अन्वयलमा परेको छ । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ८ मा पर्ने खुलालुमा पक्की पुल १३ वर्षमा बनेपछि खुलालु हुम्ला कर्णाली करिडोर सुचारु भएको थियो ।दैनिक सञ्चालनमा आउने सवारी साधन पुलको दायाँ क्षेत्रमा रहेको ओरालो सडक जोखिमका कारणले घण्टौ सास्ती पाउने गरेका छन ।

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर राजिव श्रेष्ठले पहिला सिमकोट हिल्सा बिभिजन कार्यालयका प्रमुखले ठेक्का भईसहेको र बलास्टीङ गरेर सडकलाई सहज वनाउने भनेका कारणले आफ्नो कार्यालयले कुनै पहल नगरेको जानकारी दिए। उनले अहिले आएर केही पनि प्रक्रिया नभएको भनेर खवर पाउदा आफुलाई दुख लागेको भन्दै अव यो समयमा केही गर्न नसक्ने यसको प्रक्रिया नै छ महिना लाग्ने भएकाले वजेटको ब्यवस्थापन गरेर आगामी वर्षवाट प्रक्रिया सुरु हुने बताए ।

सुरुमा आफैले काम गर्ने भनेको सिम्कोट हिल्सा सडक कार्यालयले किन अहिले आफ्नो होइन भन्यो । त्यसको खोजिका लागि कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले पनि चासो लिएका छन्। तर कार्यालयका प्रतिनिधिले आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै जुम्लाले नै बनाउने दावी गरेका थिए । सिमकोट हिल्सा सडक कार्यालयका प्रमुख बिरेन्द्र यादवले आफुले गर्न नसक्ने वरु यो वर्षातको समयमा मिलेर सकड खुलाउने कुरामा सहकार्य गर्न सकिने बताए ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले दुवै सरकारी कार्यालय हुन । पहिलो ठेक्का भएको र अहिले केही नभएको बताउने सिम्कोट हिल्सा कार्यालयलाई सडक बिभागले सोधिखोजि गरेको खण्डमा मात्र सो सडक वन्ने बताए । सडक सुधार नहुदा दैनिक आउजाउ गर्ने यात्रुले दुख पाईरहेका छन । यस भन्दा अगाडी करिडोर वाट आएको मालवहाक गाडी चढ्न नसकेर दुर्घटना समेत भएको थियो । गाडी दुर्घटना, मानविय क्षदी हुदा सम्म पनि सडक बिभागले चासो नदिनु आश्चर्यजनक छ ।