
ललित बिष्ट श्रावण १२,कालिकाेट मेमरि किङ दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
विजय शाहीको मृत्यूको हल्ला झुटो भएको जिल्ला प्रहरी कार्यालय कालिकाेटका सुचना अधिकारी प्रहरी निरिक्षक भुपेन्द्र शाहीले बताउनुभयो ।प्रहरीले शाहीलाई कालिकोट स्थित उहाँकै घरमा फेला पारेको छ ।
सामान्य विरामी भएर अस्पताल लगिएका शाही महावै गाउँपालिका वडा नं. ५ स्थित आफ्नो घरमा भएको र सामाजिक सञ्जालमा आएको कुरा झुटो भएको विजय शाहीका दाजु बिमल शाहीले जानकारी दिनुभयो।



karnalipress
१२ श्रावण २०७८, मंगलवार २१:२८