आठबिस नगरपालिकाको ५५ करोड ७० लाख बजेट

असार १३,राकम कर्णाली दैलेख । दैलेखको आठबीस नगरपालिकाले ५५ करोड ७० लाख रुपैयाँको बजेट प्रस्ताविक गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको हो। नगरपालिकाले ११ औँ नगर  अधिवेसनमा मेयर तर्कबहादुर बडुवालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार उक्त बजेट पेस गरेका हुन्।

नगरपालिकाले मुख्य गरि  शिक्षा, स्वास्थ्य,खानेपानी तथा सरसफाईलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ।

यस्तै,नगरपालिकाले द ग्रीन जोन आठबीस निर्माणको अवधारणालाई प्रभाकारी रुपमा कार्यान्वयन गर्ने, राकमकर्णालीमा विशेषज्ञ सेवासहितको अस्पताल संचालनमा ल्याउँने, राकमकर्णालीमै बहुमुखी क्याम्पस स्थापना गरिने,

साताला स्वास्थ चौकीमा चिकित्सकिय सेवा सुचारु,आठबीस शिक्षा क्याम्पसको स्तर उन्नति गरिने, स्वच्छ खानेपानीको पहुँच पुर्याउन एक घर,एक धाराको नीति , उज्यालो आठबीस अभियान अन्तर्गत ३ बर्ष भित्र प्रत्येक वडाका नागरिकको घरघरमा बिधुतको पहुँच प¥याउँने जस्ता कार्यक्रमहरु आवश्यक बजेटसँगै प्रथामिक्तामा राखिएको छ ।