
ललित बिष्ट भाद्र २७,कालिकोट। कर्णाली नदिमा हामफाल्न गएकी महिला र एक बच्चाको उद्धार गरीएको छ। कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडानं.४ छलाहाँकी १९ वर्षिय शुसिला बिक र बच्चालाई कर्णाली नदि किनाराबाट प्रहरीले उद्धार गरेको हो।
गस्तीमा गयको प्रहरीटोलि र स्थानियले कर्णाली नदिमा हामफाल्नको लागि गएको अवस्थामा नदि किनाराबाट महिला र बच्चालाई उद्धार गरी थिर्पु प्रहरी चौकिमा बुझाईएको स्थानिय हस्त बमले जानकारी दिनुभयो।
उहाँका अनुसार घरमा सासुसंग झगडा भएको र दिनहु सासुले आफुलाई हिंसागर्ने गरेको हुदा आफु आत्म–हत्याको लागि बच्चा सहित कर्णाली नदिमा आएको बताईएको छ।उक्त महिललाको श्रीमान बैदेशिक रोजगारको लागि बिदेशमा रहेको प्रहरीले जनाएको छ।



karnalipress
२७ भाद्र २०७८, आईतवार २०:२४