
माघ १६,दैलेख । दैलेखमा बाल विवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले दुल्लु नगरपालिका वडा नं।१२ बस्ने १९ बर्षीय गोबिन्द नेपाली र १६ बर्षीया बालिकालाई पक्राउ गरिएको बताए ।
नेपालीले ती बालिकालाई माघ १३ गते बालिकालाई बाल विवाह गरी घरमा ल्याई राखेको भन्ने जाहेरी प्रहरी कार्यालयमा परेकोले थप अनुसन्धान गर्न दुवै जनालाई पक्राउ गरिएको डीएसपी साहले बताए ।
पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिएर थप अनुसन्धान सुरु गरेको डीएसपी साहले बताए ।



karnalipress
१६ माघ २०७८, आईतवार २१:४८